साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिरूपण

मानव निर्मित प्रत्येक प्रविधिहरू हाम्रा लागि चुनौति हुँदैछन् । एकै स्वभाव र रूपका धेरै जना भएकाले दूतहरू यो पटक मानवजातिले बनाएको प्रतिरूपण (क्लोनिङ) प्रविधिमा नराम्ररी फसेछन् प्रभु !

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

असिनापसिना भएर चित्रगुप्त यमराजको अघि देखा परे ।

निचोरिएको अनुहार देखेर यमराजले सोधे – “के भयो चित्रगुप्त किन हडबडाएको ?”

“के हुनु नि महाराज, बरबादै भयो नि !” चित्रगुप्तले ओठ कमाउँदै भने ।

“हैन के भयो खुलस्त भन ?” यमराजको मनमा पनि चिसो पस्यो ।

“महाराज जसको मिति पुगेको थियो त्यसलाई नउठाएर अर्कैलाई उठाएछन् ।” चित्रगुप्तले निवेदन गरे ।

“ल यो त बित्यासै भयो ! कसरी यत्रो ठुलो दुर्घटना हुन गयो चित्रगुप्त ?”

“मेरो हिसाबकिताबमा काल समय सबै ठिक थियो । यमदूतहरूलाई त्यही अनुसार आदेश दिएको थिएँ । तर उनीहरू झुक्किएछन् ।“

“असम्भव यो हुन सक्दैन ! आजसम्म नझुक्किएका दूत कसरी झुक्किन्छन् ?” यमराजको आवाजमा आवेश झल्कन थाल्यो ।

“हो प्रभु ! त्यो असम्भवलाई मानव जातिले सम्भव गरिदिए ।”

“हैन के भनेको ? मानव जातिले के त्यस्तो चमत्कार गरे हँ ?”

“मानव निर्मित प्रत्येक प्रविधिहरू हाम्रा लागि चुनौति हुँदैछन् । एकै स्वभाव र रूपका धेरै जना भएकाले दूतहरू यो पटक मानवजातिले बनाएको प्रतिरूपण (क्लोनिङ) प्रविधिमा नराम्ररी फसेछन् प्रभु !”

०००
मध्यपुर ठिमी, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x