साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदहरूको सम्झनामा

साझा उद्देश्यका लागि आन्दोलन भए कति त्याग शहीदको बिर्सी खुट्टा तान्ने भयो मति ॥ म यो पार्टी तँ त्यो पार्टी अहङ्कार बढी गर्‍यौ अनेकौँ वादमा लाग्यौ जनता देश बिर्सियौ ।

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

प्राणभन्दा ठुलो ठाने प्रजातान्त्रिक शासन
थापेर वक्षमा गोली हल्लाए उच्च आसन ॥१

झुकेन वीरको माथ अन्तत : शासकै गले
योद्धा ती मुक्तिका निम्ति लड्दा शहीद भै ढले ॥२

गरेर सम्झना आज भुल्नुहुन्न अरु दिन
प्यारा शहीद ती हाम्रा बुझ्नैपर्छ लडे किन ?॥३

प्रजातन्त्र हुँदै आज गणतन्त्र मनाउँदा
भयो प्रगति के हेरौँ आफैँ सत्ता समाउँदा ॥४

पदलिप्सा बढेको छ स्वार्थ झन् चुलिँदै गयो
नेतृत्व किन हो आज पैसामा भुलिँदै छ यो ॥५

साझा उद्देश्यका लागि आन्दोलन भए कति
त्याग शहीदको बिर्सी खुट्टा तान्ने भयो मति ॥६

म यो पार्टी तँ त्यो पार्टी अहङ्कार बढी गर्‍यौ
अनेकौँ वादमा लाग्यौ जनता देश बिर्सियौ ।७

उत्सर्ग ज्यानको गर्ने शहीद वीर हुन् चिनौँ
निजी स्वार्थ सबै छोडी उनैको मार्गमा हिँडौँ ॥८

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x