नीलहरि काफ्लेआउला त यत्ति भन्ने दिन ?
देश फुलेको हेर, गोड्मेलमा छन् युवा ! बुढा रुख ढाल्ने जहर चल्न थाल्यो !

नीलहरि काफ्ले :
भ्रष्ट छैनन् र पो, शहर चल्न थाल्यो !
अब कर्म गर्ने रहर चल्न थाल्यो !!
जान्नु छैन केही, जान्ने मै हुँ भन्थे !
बल्ल शिक्षित आउने ठहर चल्न थाल्यो !!
सिके विज्ञान पनि, धर्म बुझे उसै !
इच्छा जोहो गर्ने लहर चल्न थाल्यो !!
देश फुलेको हेर, गोड्मेलमा छन् युवा !
बुढा रुख ढाल्ने जहर चल्न थाल्यो !!
यी निकम्मा पत्रु, स्वाहा भै सकेछन् !
नर्क गए अरे खबर चल्न थाल्यो !!
०००
सिन्धुली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































