साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकल कविता वाचनमा गुन्जिए साहित्यकार पुष्कर रिजाल

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा  परिषद्का सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख अतिथ्यता र परिषद्का सल्लाहकार उत्तमकृष्ण मजगैयाँकाे विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Nepal Telecom ad

दाङ, २०८१ ज्येष्ठ ३२ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित एकल कवितावाचन कार्यक्रम अन्तर्गत ७७ औँ शृङ्खलामा कवि तथा समालोचक पुष्कर रिजाल “पुष्प”को एकल कविता वाचन कार्यक्रम घोराही दाङमा भव्य रूपमा सम्पन्न भएको छ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँकाे विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कवि तथा समालोचक साहित्यकार रिजालले गद्य तथा पद्य गरी एक दर्जनभन्दा बढी कविता वाचन गर्नुभएको थियो। ती वाचित रचनाहरूको समीक्षा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.टीकाराम उदासीले गर्नुभएको थियो। समीक्षक उदासीले पुष्कर रिजालका रचना भाव तथा कलाका दृष्टिकोणले उत्कृष्ट रहेको बताउनुभएको थियो।

राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा प्रगति लेखक संघ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” र वरिष्ठ साहित्यकार गणेश विषमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लेखक संघ दाङ शाखाका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य रामप्रसाद जैसी, सिस्नुपानी नेपाल दाङ शाखाका अध्यक्ष डा.लोकराज पराजुली, विश्व साहित्य सङ्घ दाङका अध्यक्ष तथा साहित्यकार डा.कृष्णराज डिसी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखक संघ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा लगायत विभिन्न साहित्यिक संघसंस्थाको बाक्लो उपस्थिति रहेको थियो।

त्यसैगरी सो कार्यक्रममा गीतकार प्रकाश केसी, गायक तथा संगीतकार सन्तोष रजौरे, गजलकार खिम केसी, साहित्यकारहरू नगेन्द्र गुरु, डा.प्रेम योगी, शारदा शर्मा, गोपाल भुसाल अभिलाषी, धनसिंह गिरी, सुशीला आचार्य, वीणा रोका, विन्दु अधिकारी, देवेन्द्र रिजाल, महेशकुमार न्यौपाने, सुवाष न्यौपाने, शरद गौतम, रामकुमार पौडेल, दामु शर्मा, वसन्त पोखरेल, शोभाकान्त अधिकारी, नमा शर्मा, वसन्त तारा न्यौपाने, होमबहादुर रेग्मी, सुशीला कुमारी रेग्मी, रिमा गौतम, एच.एन. पाण्डे, अरुण कुमार नेपाली, योजना बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो।

कार्यक्रममा एकल रचना वाचक साहित्यकार रिजाललाई परिषद्को तर्फबाट प्रशंसापत्रले सम्मान गरिएको थियो।

०००
– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x