साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा-प्रतिष्ठानमा उराँव भाषा साहित्य सम्बन्धी विमर्श

सामूहिक रूपमा राष्ट्रिय गान 'सयौँ थुँगा..!' गाएलगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असार २८ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य’को बाह्रौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको थियो ।

सामूहिक रूपमा राष्ट्रिय गान ‘सयौँ थुँगा..!’ गाएलगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा ‘उराँवा भाषा साहित्यको विकास’ विषयक कार्यपत्र अध्येता कुमारीशरण उराँवले प्रस्तुत गर्नुभएको थियो । उहाँले उराँव भाषा र साहित्यको इतिहास, आरोह र अवरोहबारे चर्चा गर्नुभएको थियो ।

कार्यपत्रमाथि आफ्नो धारणा राख्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले चार/पाँच हजार वर्षदेखि सिन्धुघाँटी हुँदै इतिहास निर्माण भएको उराँव जातिको भाषा ,साहित्य र संस्कृति सङ्कटापन्न अवस्थामा पुग्नु दुखद कुरा हो। सबै भाषाको जगेर्ना गर्नसके मात्र कुनै पनि जातिको सभ्यता र संस्कृति बँच्ने बताउनु हुँदै प्रज्ञा-प्रतिष्ठान यस अभियानमा रहेको उल्लेख गर्नुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,भाषा (मातृभाषा कोष र व्याकरण ) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले हाम्रो मातृभाषा सबैजातिको साझा सम्पदा भएकाले यसको संरक्षणमा समान दायित्व हुनुपर्ने बताउनु भएको थियो ।

उक्त कार्यपत्रमाथि प्राज्ञसभा सदस्य धर्मेश प‍ोखरेल,डा.सोमबहादुर धिमाल,शोभा सुनुवार र रचना मोक्तान तामाङले पूरक टिप्पणी गर्नुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (मातृभाषा) विभाग प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले प्रज्ञा-प्रतिष्ठान सबैको साझा थलो भएकाले प्रत्येक भाषा र साहित्यको उन्नायनमा लागिपर्ने बताउँदै ‘उराँव भाषा र साहित्यको विकासका बारेमा बुझ्ने र सोच्ने अवसर पाएकामा आफूलाई गौरवबोध भएको बताउनुभएको थियो ।

कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियो ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x