साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन दर्पण तमसोमा पुस्तकको समीक्षा कार्यक्रम

साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा भएको थियो।

Nepal Telecom ad

दाङ, २०८१ असार २७ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९२ औँ श्रृङ्खलामा साहित्यकार एकराज शर्मा अधिकारीको जीवनदर्शन पुस्तकको समीक्षा कार्यक्रम सम्पन्न गरियाे ।

दाङको नेपाल पत्रकार महासङ्घको हलमा राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रगतिशील लेखक संघ केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार पदमप्रसाद शर्माले कृतिको समीक्षा गर्नुभएको थियो। राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टिकाराम उदासी, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने सर्वोदय पुस्ताकालयका अध्यक्ष सुशील गौतम, विश्व साहित्य सङ्घ दाङका अध्यक्ष डा. कृष्णराज डिसी, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष लोकराज पराजुली, राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर”, प्रगतिशील लेखक सङ्घ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य रामप्रसाद जैसी, पुरस्कार संस्थापक हरिप्रसाद पाण्डे, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, यज्ञबहादुर डाँगी, गीतकार प्रकाश केसी,गजलकार खिम केसी, पत्रकार लेलिन बन्जाडे गोविन्द खड्का, छवि पुरी, लिलाधर ओली लगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्यकारहरू सुरेश कुमार पाण्डे, हरिप्रसाद पाण्डे स्वर्णशिखा धनसिंह गिरी,नगेन्द्र गुरु, श्रीधर अधिकारी ,सुवाष न्यौपाने, जी.बी. चिन्तन, मधुसुधन गौतम, शरद गौतम, रामकुमार पौडेल, कुलबहादुर ओली, विशाल गुप्ता, महेश कुमार न्यौपाने, रिमा गौतम,नमराज अधिकारी, एक नारायण चापागाई, कमला रावत, कमला रिजाल, वसन्त पाण्डे, गोविन्द रसाइली, दामोदर पौडेल, मिना आचार्य, गोपाल भुसाल अभिलाशी, चन्द्रप्रकाश देवकोटा, कृष्णप्रसाद गौतम, योजना बुढाथोकी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीणा रोकाले गर्नुभएको थियो।

कार्यक्रममा जीवन दर्शन पुस्तकका लेखक एकराज शर्मा अधिकारीलाई संस्थाको तर्फबाट प्रशंसापत्रले सम्मान गरिएको थियो।

०००

– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x