
सत्ता पल्टाइयो
लोग्ने मारे लैजान्छु म भन्ने प्रेमी कस्तो ? उसले पोइल लान्छ-लान्न सत्ता पल्टाइयो !!

काशीनाथ मिश्रित :
जनतालाई भेँडा ठान्न सत्ता पल्टाइयो
पराइलाई मालिक मान्न सत्ता पल्टाइयो !
आफू धनी भैहालियो अझै कति बन्नु ?
गरीबलाई माथि तान्न सत्ता पल्टाइयो
आलोपालो गरे मात्र आउँछ पालो आफ्नो
आफ्नालाई मन्त्री छान्न सत्ता पल्टाइयो !
खस्नै थाल्यो आकाश क्यारे धान्छ हुटिट्याउँले
गइसकेको इज्जत धान्न सत्ता पल्टाइयो !
दह्रो सरकार बन्यो भने कल्ले हल्लाउला ??
विकासका गफ हान्न सत्ता पल्टाइयो !
लोग्ने मारे लैजान्छु म भन्ने प्रेमी कस्तो ?
उसले पोइल लान्छ-लान्न सत्ता पल्टाइयो !!
०००
२०८१ असार २६
रुरुक्षेत्र- ५, गुल्मी
Subscribe
Login
0 Comments
Oldest