साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ने सा स क्यानडाद्वारा गाईजात्राका अवसरमा कार्यक्रम सम्पन्न

साहित्यिक प्रस्तुतिको समाप्ति पश्चात समाजका अध्यक्ष डा. गुरागाईंले कार्यक्रममा सहभागी दर्शक तथा श्रोताहरु, खेलाडीहरु, खेल अफ़िसिअलहरु, साहित्य सृजना वाचकहरु, प्रतिनिधित्व गर्ने संघ संस्था सबैलाई धन्यवाद दिनु भयाे ।

Nepal Telecom ad

नेपाली साहित्य समाज क्यानडाले अगस्ट १७ शनिवार स्कारबोरो, अन्टारियोको थमसन पार्कमा गाईजात्रा पर्वको अवसरमा हास्यव्यङ्ग्य कविता, मुक्तक, गीत गजलका साथमा विगतका वर्षहरुमा झैं साहित्य समाज -११ र समाजसेवी-११ का बीच मैत्री फुटबल खेल भव्य रुपमा सम्पन्न गरेको छ।

नेपाली साहित्य समाज क्यानडाका अध्यक्ष डा. खेम गुरागाईंको नेतृत्वको साहित्य समाज -११ र हिमालयन स्ट्राइकर्स स्पोर्टिंग क्लबका अध्यक्ष रमेश प्रसाईको नेतृत्वको समाजसेवी-११ बीच भएको रोचक एवं प्रतिस्पर्धात्मक खेलमा समाजसेवी ११ टिम ४-३ गोल अन्तरले विजयी बनेको थियो।

फुटबल खेल सहितको यस साहित्यिक कार्यक्रमलाई सफल बनाउन ग्रेटर टोरन्टो एरियाका दुई दर्जन जति संघ संस्थाहरुले सहयोग र सहभागिता जनाएका थिए। फुटबल खेल संचालनमा शुभम श्रेष्ठ, सबि बस्नेत र शुभनिर गुरागाईंले अफिसियलको भूमिका निर्वाह गरेका थिए।

खेल समाप्त भएको लगत्तै शुरु भएको साहित्यिक कार्यक्रममा माधब बराल, शशी तिमल्सिना, चन्द्र पन्थी, रविन थपलिया, पारु पाण्डे, रबिन्द्र लम्साल, शोभा गुरागाईं, शिशिर पाण्डे, विनोद पौडेल, तुल्सी धरेल, कन्चन देवकोटा, पुण्यसागर मरहट्टा, दिपक श्रेष्ठ, कृष् खड्का लगायत स्रस्टाहरुले आफ्ना सृजनाहरु प्रस्तुत गरेका थिए।

साहित्यिक प्रस्तुतिको समाप्ति पश्चात समाजका अध्यक्ष डा. गुरागाईंले कार्यक्रममा सहभागी दर्शक तथा श्रोताहरु, खेलाडीहरु, खेल अफ़िसिअलहरु, साहित्य सृजना वाचकहरु, प्रतिनिधित्व गर्ने संघ संस्था लगायत सबैलाई धन्यवाद एवं कार्यक्रम संयोजन, संचालन तथा प्रायोजनमा योगदान पुर्याउने अन्जनी भट्टराई, कन्चन देवकोटा, विमल बस्नेत, कर्ण बटाला, कृष् खड्का, केशव दाहाल, भोज भट्ट, रबिन्द्र लम्साल, रविन थपलिया, दामोदर पोख्रेल, पारु पाण्डे, माधब बराल, मोहन खरेललाई विशेष कृतज्ञता प्रदान गर्दै फुटबलको विजेता टिम समाजसेवी-११ लाई शिल्ड तथा साहित्य समाज-११ बाट खेल्दै ‘प्लेयर अफ द म्याच’ प्रकान्त श्रेष्ठलाई ट्रफी प्रदान गरी कार्यक्रम समापनको घोषणा गरेका थिए।

कार्यक्रमको अन्त्यतिर केही इच्छुक स्रस्टाहरुको वाचनको पालो नआई भारी वर्षा भएकाले कार्यक्रम छोट्याउनु परेको भए पनि समग्रमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी गराउन पाउदा नेपाली साहित्य समाज क्यानडाले खुशी व्यक्त गरेकाे थियाे । साथै आगामी कार्यक्रमहरुमा यसरी नै जोश र उत्साहपूर्वक सहभागिताको अपेक्षा पनि गरेकाे छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x