साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लघुकथा प्रतिष्ठान नेपालको तेस्रो वार्षिकोत्सवमा तीन प्रतियोगिता

उत्कृष्ट लघुकथाकार, उत्कृष्ट लघुपत्र लेखक र उत्कृष्ट समीक्षक गरी ३ जनालाई दामासाहीले जम्मा रु. ९००० (अक्षरेपी नौ हजार) नगद र प्रमाणपत्रले विभूषित गरिने भएकाे छ ।

Nepal Telecom ad

लघुकथा प्रतिष्ठान नेपालद्वारा तेस्रो वार्षिकोत्सवको अवसरमा एकसाथ तीन प्रतियोगिता सञ्चालन गरिने भएको छ । २०७८ कार्तिक ०३ गते स्थापित र निरन्तर एकै दिन नबिराई १ हजार ५० श्रृङ्खला लघुकथा वाचनविमर्श गराइसकेको छ । लप्रनेका सञ्चालक समितिका सदस्य रचना शर्माले दिएको जानकारी अनुसार प्रतियोगिताहरू यस प्रकार छन्-

१. प्रकृति केन्द्रित लघुकथा प्रतियोगिता
(प्रकृतिको सेरोफेरोमा लघुकथा सिर्जित रहनुपर्ने ।
लघुकथा प्रकृतिप्रेम, प्रकृतिको सौम्य वा भयानक रूप आदित्यादिमा आधारित रहनुपर्ने । )
२. अग्रज लघुकथाकार केन्द्रित लघुपत्र प्रतियोगिता
(अग्रज स्रष्टाले लघुकथा विधामा दिएको योगदानको सम्मान गर्दै उहाँलाई नै सम्बोधित र उहाँकै कुनै एक लघुकथामा केन्द्रित वैयक्तिक भावना पत्रात्मक शैलीमा लेखिनुपर्ने । अन्त्यमा अग्रजको स्रोत लघुकथा अनिवार्य रूपमा संलग्न रहनुपर्ने ।)
३. लघुकथा केन्द्रित लघुसमीक्षा प्रतियोगिता
(कुनै एक लघुकथामा आधारित ५०० शब्दभित्रको समीक्षा हुनुपर्ने । अन्त्यमा स्रोत लघुकथा अनिवार्य रूपमा संलग्न रहनुपर्ने ।)

प्रतियोगिताका सामान्य नियमहरू यस प्रकार छन्-
१. प्रतियोगिता २०८१ भाद्र १८ देखि असोज १८ सम्म चल्ने ।
२. लप्रने व्यवस्थापक बाहेक सबैले सबै विधामा भाग लिन सकिने ।
३. लघुकथा २५०, लघुपत्र र समीक्षा ५०० शब्दभित्र रहनुपर्ने ।
४. प्रतियोगी सिर्जना लप्रनेमा नियमत: पोस्ट हुनुपर्ने ।
५. नियम विपरीतका रचना स्वत: अमान्य हुने ।
६. प्रतियोगी भए स्पष्ट खुलाउनुपर्ने नत्र अप्रतियोगी ठहर्‍याइने ।
७. प्रतियोगिताको अन्तिम घोषणा कार्तिक १ गते गरिने । नगद पुरस्कार वितरण कार्तिक ३ को वार्षिकोत्सव समारोहपछि गरिने ।
८. विभेदरहित वातावरणमा निस्पक्ष निर्णायक मार्फत कोडिङ, डिकोडिङ गरेर निर्णय गरिने ।
९. सबै रचनाहरू सन्दर्भ पत्रिकाको नयाँ अङ्कमा समेटिने ।
उक्त अवधिमा पोस्ट भएका प्रतियोगी वा अप्रतियोगी सबै रचना समेटी ‘सन्दर्भ’ पत्रिका प्रकाशन हुने जानकारी व्यवस्थापक सदस्य नन्दलाल आचार्यबाट प्राप्त भएको छ ।

पुरस्कार-
१. उत्कृष्ट लघुकथाकार, उत्कृष्ट लघुपत्र लेखक र उत्कृष्ट समीक्षक गरी ३ जनालाई दामासाहीले जम्मा रु. ९००० (अक्षरेपी नौ हजार) नगद र प्रमाणपत्रले विभूषित गरिने ।
२. सङ्ख्यात्मक र गुणात्मक हिसाबले पोस्ट सिर्जनामा गहकिलो पाठकीय टिप्पणी गर्नेमध्ये केहीलाई दामासाहीले जम्मा रू. १,००० (अक्षरेपी एक हजार) को रिचार्ज र प्रमाणपत्रले विभूषित गरिने ।

लघुकथामा लप्रने निरमलन समूह नामक समूहले व्यवस्थापन गर्दै आएको लप्रनेले विगतमा समेत विविध प्रतियोगिता सञ्चालन गर्दै आएको थियोे । विगतका प्रतियोगितामा चट्याङ मास्टर र प्रा.डा. मुकेश चालिसेद्वारा पुरस्कार प्रायोजन गरिएको थियो । तेस्रो वार्षिकोत्सवको पुरस्कार प्रायोजकमा सुनसरी निवासी हाल लन्डनलाई मुकाम बनाउनुहुने रुद्र अधिकारी ‘निर्दोषी’ले गर्नुभएको छ । हालै उहाँको लघुकथा सङ्ग्रह ‘दृष्टि’ प्रकाशन भएको छ । नेपाली पाठक माझ लघुकथा विधामा उहाँ मौलिक छाप छाड्न सफल हुनुहुन्छ ।

०००
– लक्ष्मी रिजालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Laxmi Rijal
Laxmi Rijal
1 year ago

नमस्कार । कतै भेटेको । समय हुँदा झल्याकझुलुक हेर्नुका लागि ~~~
शीतल गिरी सरले सोध्नुभएका नन्दलाल आचार्यलाई केही प्रश्न—
१. आख्यानलाई कसरी परिभाषित गर्नुहुन्छ ?
नन्दलाल–
जीवन र जगत्को कथाव्यथा, आँसुहाँसो मिश्रित स्वतन्त्र संवेदनायुक्त कथा नै आख्यान हो ।
२. आख्यान र गैरआख्यानमा के कस्ता भिन्नता देख्नुहुन्छ ?
नन्दलाल–
आख्यानमा पाठक आफैँ बग्न पाउँछन्; गैरआख्यानमा लेखक बगेको पाठकले टुलुटुलु हेर्नुपर्छ । पाठकलाई आफैँ नाविक बन्न मन भयो भने आख्यानात्मक डुङ्गामा चढ्छन् र स्वयम् बहाना चलाउँछन् । आफू केवल यात्रु मात्र बन्न मन भए पाठक गैरआख्यानात्मक डुङ्गामा चढेर बहना नाविककै हातमा सुम्पेर केवल पाठक हुनुको मज्जा मात्रै लुट्छन् ।
३. तपाईं लघुकथा तर्फ कसरी आकर्षित हुनुभयो ?
नन्दलाल–
कलेज जीवनमा हातले कोरेका मेरा कविता र आत्मपरक निबन्ध राजधानीमुखी पत्रपत्रिकाले छाप्दैनथे । मनमा पीडा उकुसमुकुस हुन्थ्यो । बेलाबेलामा कसैकसैले छोटा मुक्तक, गजलहरू छापिदिए । आफैँले मन अघाउँजी खन्याउन नसकेका रचना प्रकाशन हुँदा उतिसारो सुखानुभूति नहुँदो रहेछ । इमेल चलाउन र आफैँ टाइप गर्न थालेपछि भने नाट्य विधामा तपाईंले राम्रो गर्नसक्ने आभास पाएको छु भनेर धीरकुमार श्रेष्ठले भन्नुभयो । २०६० तिर केही एकाङ्कीहरू शब्दाङ्कुरले छाप्यो पनि । सोच्न समय लागे पनि छोटो भएकाले लेख्न समय नलाग्ने ठानी २०६५ सालमा लघुकथा छपाउन थालेँ । छोटोछरितो र पढेपछि मनमस्तिष्कमा एक किसिमको कम्पन्न भइरहने हुँदा म त्यता आकर्षित भएको हुँ । यसमा सुरुआतमा रामविक्रम थापाका लघुकथाले मेरो मन तानेँ । पछिपछि कोरोना सल्केर गुफाबासी भएपछि खेमराज पोखरेलहरूसँग हेलमेल भयो । नारायण तिवारीको अभिभावकत्वलाई सहर्ष स्विाकारेर लघुकथा लेख्न थालेको हुँ । पछिपछि डा. पुष्करराज भट्ट, रमेन्द्र कोइरालाहरूले यो भयो, त्यो भएन भनेर औँल्याउन थाल्नुभयो । बिनायोजना लघुकथाको दहमा हाम्फालियो । अब दह फराकिलो हुँदै विशाल पोखरी बनेको छ । यसमा स्नान गर्न पाउनुको आनन्द समेट्न मसँग शब्द नै छैनन् ।
४. अहिले नेपाली लघुकथाको अध्ययन कसरी भइरहेको छ ?
नन्दलाल– नेपाली लघुकथाको लागि कोरोनाकाल स्वर्णकाल हो । संसारलाई तहसनहस पारेर छाड्यो; धनजनको क्षतिलाई हिसाबमा नअँटाउने अवस्था बनायो । यद्यपि गुफावासी फुच्चेफुच्ची कलम पारखीका मनमस्तिष्कमा लघुकथाको भूत सवारी गराएर लघुकथा समयलाई कोरोनाले अविस्मरणीय गुण लगायो । तसर्थ आजका लघुकथा पारखीले लघुकथालाई प्राण सरहको÷की प्रेमी÷प्रेमिका ठानेर दिलमा सजाएर राख्ने गरेको छ । व्यस्त समयको आजको व्यस्त मान्छेलाई साहित्यको मनमोहक चटनी लघुकथा भएको छ । लघुकथा विरुद्ध कसैले थोरै शब्द चुहायो भने त्यस उपर ढुङ्गामाटो एकसाथ खनिने प्रवृतिले पनि लघुकथामोहमा फँसेका आजका पारखीलाई चिन्न सकिन्छ ।
५. कथा र लघुकथामा तपाईँले के कस्तो फरक पाउनुभएको छ ?
मुख्यतः आकारमा फरक हो । बनोट र बुनोटमा फरक हो । स्वादमा फरक हो । तरकारी र अचारमा के फरक छ भन्दा तपाईंलाई मिल्ने उत्तर नै कथा र लघुकथा फरक हो । मिठो तरकारी कथा हो, स्वादिलो अचार लघुकथा हो ।
६. यहाँ लघुकथा प्रतिष्ठान, नेपालको सञ्चालनमा संलग्न हुनुहुन्छ, यसको गतिबिधिमा संलग्न रहँदाको अनुभव बताई दिनुहोस् न ?
नन्दलाल– खासमा म अस्थिर मान्छे हुँ । म जे चाहन्छु, समयभन्दा एक कदम अगाडि होस् भन्ने चाहन्छु । म अघि बढेपछि मेरा पछि वा मलाई उछिन्न दौडने मान्छे मेरा दाँयाबाँया रहून् भन्ठान्छु । लघुकथा प्रतिष्ठान नेपालको जन्म २०७८ साल कार्तिक ३ गते भएको हो । मेरै उक्साहटमा लक्ष्मी रिजालका बाहुलीबाट जन्मेको हो । जन्मनासाथ यसलाई जिउँदो राख्न खम्बाको खोजीमा मन्थन गर्न थालेँ । आधा घण्टाभित्रै अविश्वास मिश्रित स्वरमा मैले राजविराज मुकाम भएका मनोहर पोखरेल समक्ष कुरा चुहाएँ । उहाँले नाइँ त भन्नुभएन । निरन्तर मलजल दिने माली बन्ने भरोसा पनि दिनुभएन । मात्रै भन्नुभयो; “गर्दै जाऔँँ, समय उबार्ने कोशिस गर्दै जाऔँ ।”
“तपाईंले चाहनुभयो भने लघुकथा वाचन पनि गर्दै जाऔँ ।” बिनासुझबुझ मैले प्याच्चै भनिदिएँ ।
“तपाईं लघुकथा छानेर दिनुस् म एक्लैले पनि हरेक दिन वाचनको काम समाल्छु ।” यत्तिबेला भने उहाँको भरोसायुक्त बाणी सुनेपछि हामी सक्रियताका साथ लाग्यौँ । विराटनगरबाट अमृता घिमिरे प्रस्तोता हुनुभयो । पुनम पोखरेल, श्यामपृत मण्डल, कृष्ण तिमिल्सिना हुँदै परिवारको सङ्ख्या बढेर गयो । अहिले आएर एक हजार दिन र एक हजार श्रृङ्खला पुगेको अवसर पारेर रचना शर्मा र एन्जल निलु मिना साह व्यवस्थापन परिवारमा जोडिन मञ्जुर हुनुभयो । यसरी पहिले मलन समूहले हाँकिरहेको लघुकथा प्रतिष्ठान नेपालको रथ अहिले निरमलन समूहले हाँकिरहेको छ । अहिले हामी तेस्रो वार्षिकोत्सवको दैलोमा उभिएर तीन प्रतियोगिता एक साथ गरिरहेका छौँ । ती हुन्– १. प्रकृति केन्द्रित लघुकथा प्रतियोगिता । २. लघुकथा केन्द्रित लघुसमीक्षा प्रतियोगिता । ३. अग्रज लघुकथाकार केन्द्रित लघुपत्र प्रतियोगिता । दामासाहीले सर्वोकृष्टलाई प्राप्त हुने गरी नौ हजार नगद छुट्याइएको छ ।
७. लघुकथामा तपाई कोकोबाट प्रभावित हुनुहुन्छ ?
नन्दलाल– म त सबैबाट प्रभावित छु । आँखा चिम्लेर भजन मण्डल मण्डलीमा सरिक हुनेसँग पनि प्रभावित छु, खबरदारीको औँलो ठड्याउनेसँग पनि प्रभावित छु । जान्दछु भन्नेलाई पनि सम्मान गर्छु । जान्दै जान्दिनँ भनेर शिष्य बन्नेहरूसँग पनि प्रभावित छु । लघुकथामा काव्यमिश्रणको जादु देखेर दीपक लोहनीबाट मोहित छु । यथार्थलाई कल्पनाको नयाँ बाटो पहिल्याएर ओकल्ने जाँगर देखाउनुपर्छ भन्ने खेमराज पोखरेलबाट प्रभावित छु । थोरै लघुकथा लेखेका तर निरन्तर लघुकथाको लहरो पक्रिरहनुपर्छ भन्ने प्रतिवद्धतालाई व्यावहारमा उतारेका सहकर्मी मनोहर पोखरेलको मनोहरी अडानबाट प्रभावित छु । दूधलाई दूध र पानीलाई पानी नै भन्ने डा. पुष्करराज भट्ट र रमेन्द्र कोइरालाहरूको बानीबाट प्रभावित छु । लघुकथामा एकल रंग भरेर रचना शर्माको रंगमञ्चमा उतार्ने स्तुत्य लगाव र भुकावलाई सलाम ठोक्न मन हुन्छ । यस्तो लहरो लामो छ । अहिले यही छाडिदिएँ ।
८. तपाईंले सबैभन्दा थोरै र सबैभन्दा बढी समय लगाएर तयार पारेको कृति कुनकुन हुन् ?
नन्दलाल– म लेखक होइन । मसँग त्यो सामथ्र्य छैन । म असल पाठक पनि हैन । मलाई बेइमान लेखक हुनु पनि छैन । म समय तौलेर लेख्न बस्दिनँ । संसारलाई दिएर बँचेको समयलाई कनिकुथी साहित्यमा लगाउने हो । भन्नैपर्दा मैले जनयुद्धकालमा नै भूमिगत रूपमा भेटेका मदिसे ठिटो राजेश विद्रोहीलाई उपन्यासमा उन्न दश वर्षभन्दा बढता समय खर्चेको छु । बल्लतल्ल ‘गरुराहा’ उपन्यास तयार भयो । लामो समय लगाएर लेखेको कृति यही हो । छोटो समय लगाएर लेखेको रचना ‘बाजी’ लघुकथा हो । त्यो लघुकथा यस्तो थियो–
बाजी
अस्कलले गणितमा पैंसठ्ठी अङ्क ल्याएकोमा भूकम्प आयो, उसलाई पढाउने शिक्षकहरुमा ।
–“यसको अक्षर पनि हैन । कसैको सारेको पनि छैन । कसैलाई लेखाएको हो ।”
–“कक्षामा सधैँ कमजोर भएको मान्छे परीक्षामा उम्दा भएको प्रमाणित भए म दुबै कान काटेर पातमा राखिदिन्छु ।”
–“त्यसको फेरि परीक्षा लिऔँ । यति राम्रो अङ्क ल्याएछ भने म मेरो नामको सारा सिरिखुरी त्यसकै नाम गरिदिन्छु ।”
शिक्षकहरुका यस्ता हेलाहोचाका कुरा सुनेर अस्कल भित्रभित्रै जल्न थाल्यो । मनको आव्रmोशलाई ध्वनिको रुप दिने सामथ्र्य थिएन उसमा ।
उसको परीक्षा लिइयो । उसले पचासी नम्बर ल्यायो । अनपेक्षित परिणामले शिक्षकहरु नतमस्तक बने । उसलाई रहस्य खुलासा गर्न भनियो ।
सुरिँदै उसले भन्यो, “पहिले म समस्याबाट तर्सेर भाग्थेँ र हन्डर खान्थेँ; अहिले जुध्न थालेको मात्रै हो ।” २०७९ मङ्सिर १२

यस लघुकथालाई लेख्न केवल पाँच मिनेट लाग्यो । सोच्न भने ठ्याक्कै महिना दिन । रचना शर्मा, डा. पुष्करराज भट्ट, लक्ष्मी प्रसाद पौडेललगायतले चलाउने आधुनिक नेपाली लघुकथा पेजले साप्ताहिक रूपमा उत्कृष्ट लघुकथा घोषणा गरिरहेको थियो । त्यसमा उत्कृष्ट घोषित गराउन म तनमनले लागेको थिएँ । मेरो मनले राम्राभन्दा राम्रा लघुकथा लेखेको थियो तर पहिलो हुने त कुरै थिएन । दोस्रो, तेस्रोमा पनि नाम आउँदैनथ्यो । मेरो लेखाइमै कैफियत होला भनेर खार्नतिर लागेको थिएँ । कर्म थलोमा एक विद्यार्थीले परीक्षामा अद्भूत क्षमता देखायो । उसको विषयमा टिकाटिप्पणी सुनेर र विद्यार्थीका कुरा थाहा पाएर उक्त बाजी लघुकथा क्षणभरमै लेखेको थिएँ । त्यही कमसल ठानेको लघुकथा साताको उत्कृष्टमा परेछ । रचना शर्माले वर्णविन्यास सुधार्नका लागि मलाई खोज्नुभएछ । मलाई नभेटेर हो वा गारो लागेर हो मनोहर पोखरेलमार्फत सुधार्न सुझाव पाएँ । सुधारेर पछि उत्कृष्ट ठहरियो ।

९. यहाँनेर यो नाम र फेजमा आइपुग्न यहाँले केकति मेहनत गर्नुभयो त ? लेखनका सन्दर्भमा रहेर भन्नु पर्दा के भन्नु हुन्छ ?
नन्दलाल– म अल्छीलाई सिरानी लगाएर लमतन्न सुत्ने कुम्भकर्ण थिए पहिले । मिठो चाहिने, काम भने सिन्को नभाँच्ने प्रवृतिले मैले जीवनका ठुल्ठुला अवसर गुमाएर बोडिङ स्कुलमा जोतिन बाध्य थिएँ । साहित्यमा लागेर भाषिक निखारता आयो । पत्नी र छोरीहरूको हुटहुटीे र विपक्षीहरूको गिद्धेदृष्टिले सरकारी शिक्षकमा पाइलो टेक्नैपर्छ भन्ने मन बनायो । पहिले सप्तरीमा थिएँ, अहिले सिरहामा नानीबाबुको सिँगान पुछ्ने कामले माम खान पाएको छु । २०७४ कार्तिक १० मा पक्षाघातले एकै पोको भएपछि त्यागको राजमार्ग घिचोल्न थालेको छु । सक्रिय जीवनशैली अपनाउन वाध्य छु । ध्यान, ज्ञानतिर मन लग्न वाध्य छु । ।
१०. यतिको उमेरको भैसक्नुभयो अबको पछिल्लो जीवनमा यहाँका मनका धोकाहरू केके रहेका छन् त ? बताउन मिल्ला त ?
नन्दलाल– मज्जाले मिल्छ । मैले आधा शताब्दी समय पचाएँ । मेरो शिरमा सेतो रौँको एकक्षत्र राज छ । मेरी आमा सतहत्तर बर्षकी हुनुहुन्थ्यो । उहाँको टाउकामा एकाध केस मात्र फुलेको थियो । उहाँ भन्नुहुन्थ्यो;‘ “तँ मेरो बाउ भइस् । म तेरी छोरी गनिएँ । के खान्छस् र असमयमै बुढो देखिएको ?”
आमाको कुराले रन्थन्याएर मैले जीवनशैली नै बदल्न थालेँ । यता म सप्रिँदै थिएँ, उता उदयपुरमा आमालाई कालले गाँज्दै रहेछ । आमाको प्राण गएपछि चाल पाएँ । मनले विश्वास गरेकै थिएन । आमाले सदाका लागि हामीलाई छाडिसक्नुभएकोमा मेरो मनले मनसँग नै भन्यो– “जीवनभर आमाले मलाई धोका दिनुभएन । आमाको प्यारो छोरो भएकैले होला आमाको हाइप्रेसर वंशाणुगत रूपमा मैले नै लिएँ । अन्तिम घडीमा धोका दिनुभयो । मलाई सुटुक्क भनिदिएको भए…..!”
११. सङ्क्षेपमा भन्नुपर्दा साहित्यको परिभाषा के हो ?
नन्दलाल– जीवन र जगत्लाई चियाउने साधन र साध्य साहित्य हो ।
१२. साहित्य सिर्जना गर्दा केलाई केन्द्रबिन्दुमा राख्नुहुन्छ ?
सामाजिक यथार्थ र आदर्शको मिश्रणलाई आधार बनाउन खोज्छु । समाजलाई प्रगति पथमा लम्कन घच्घच्याओस् भन्ठान्छु । थाहा छैन म कति सफल छु ।
१३. अहिले के पढदै हुनुहुन्छ ?
त्यस्तो लगाव र झुकावका साथ पढ्न त पढिरहेको छैन । यद्यपि शैक्षिक चिन्तनतिर एकोहोरिएर पेशागत हितको मार्गको यात्रु भने अवश्य भएको छु ।
बँचेको समयमा लघुकथा प्रतिष्ठान नेपाल र आख्यानलाई प्रेमिका बनाउने रहर पालेको छु ।
१४. समय दिनुभएकोमा धन्यवाद, अँ अहिले के गर्दै हुनुहुन्छ ?
मन खन्याउने मौका दिनुभएकोमा आभारी छु । गर्न त जीवनमा धेरै होला । यद्यपि सबै त्यागिदिएँ । विहान ३ः३० बजे दाहिने हात कुप्रो पार्दै र दाहिने खुट्टो घिसार्दै पतञ्जली योगधाम पुग्छु । विहान ६ बजेसम्म स्वास्वा र फ्याँफ्या गर्छु । बाँकी समय परिवार र कर्मथलोलाई चढाउँछु । बाँकी बचे लघुकथालाई समय दिन्छु कि साहित्यका पुराना किताव पल्टाउँछु । साहित्यमा आफ्नो मन खन्याउनुपर्छ; छलछाम गरेर समयलाई धोका दिनुहुन्न भन्नेमा विश्वस्त छु ।

२०८१ भदौ २६ गते । एनेलकुटी, सिरहा ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x