साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिरिको ‘जून छुने रहर’ गजलकृतिमाथि परिचर्चा

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता संविधानविद्, गायक तथा संगीतकार डा. भीमार्जुन आचार्यको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

Nepal Telecom ad

दाङ, २०८१ असाेज । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९३ औँ श्रृङ्खलामा साहित्यकार धनसिंह गिरिको “जून छुने रहर” गजलसङ्ग्रह समीक्षा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम दाङको नेपाल पत्रकार महासङ्घ दाको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता संविधानविद्, गायक तथा संगीतकार डा. भीमार्जुन आचार्यको प्रमुख आतिथ्यता राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टिकाराम उदासीले गजल संग्रहको समीक्षा गर्नुभएको थियो। गजलहरू सबै गाउन लायक भएको समीक्षक डा. टीकाराम उदासीले बताउनु भयो । उहाँका अनुसार गजल मायामा आधारित छन् ।

कानुनकै व्यक्तिले नेपाली साहित्यमा महत्वपूर्ण भूमिका खेलेको प्रमुख अतिथि डा. आचार्यले बताउनुभयो । साहित्यकार गिरि पनि कानुनकै कर्मचारी भएको देख्न पाउँदा खुसी लागेको बताउनु भयो ।

सो अवसरमा विशिष्ट अतिथि राप्ती साहित्य परिषदका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले आज जुनसुकै काम गर्दा पनि लगन हेर्नु नपर्ने शुभ दिन भएकाे बताउँदै अर्को सङ्ग्रह छिटै आउने विश्वास व्यक्त गर्नुभयो । पुस्तक प्रकाशन अघि ज्ञातालाई देखाउन समेत आग्रह गर्नुभयो ।

लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, वरिष्ठ साहित्यकार नारायण नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, पत्रकार महाशाखा दाङका अध्यक्ष दुर्गालाल केसी,सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष लोकराज पराजुली, राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर”, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखक सङ्घ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे, चन्द्रप्रकाश देवकोटा, नगेन्द्र गुरु, देवेन्द्र रिजाल, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, साहित्यकारहरूमा एक नारायण चापागाईं ,रमेश पाण्डे, एकराज शर्मा अधिकारी, शरद गौतम, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, दिलिप कार्की, नारायण प्रसाद श्रेष्ठ, भूपेन्द्र थापा, सुवाष न्यौपाने , मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, महेश कुमार न्यौपाने कमला रिजाल, नवराज देवकोटा ,रिशब पाण्डे लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा “जुन छुने रहर” पुस्तकका लेखक धनसिंह गिरिलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

०००
-सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x