साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर विद्यालयस्तरीय स्थलगत निबन्ध लेखन प्रतियोगिता

प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल प्रमुखअतिथिका रूपमा उपस्थित हुनुभएको थियो । सभापतित्व गुरुकुलका प्रधानाध्यापक पुष्पा पोखरेलले ग्रहण गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ फागुन १ । रमेश विकल साहित्य प्रतिष्ठानको सहयोग र श्री कान्तिभैरव गुरुकुल विद्यालयको आयोजनामा राष्ट्रव्यापी अन्तर विद्यालयस्तरीय स्थलगत निबन्ध लेखन प्रतियोगसता सम्पन्न भएको छ ।

प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल प्रमुखअतिथिका रूपमा उपस्थित हुनुभएको थियो । सभापतित्व गुरुकुलका प्रधानाध्यापक पुष्पा पोखरेलले ग्रहण गर्नुभएको थियो ।

यस प्रतियोगितामा प्रा.डा. श्रीराम अधिकारी, मुना रूपाखेती, रामप्रसाद पौडेल, श्रीचन केसी लगायत मान्यवरहरूको उपस्थिति रहेको थियो ।

प्रतियागिता विभिन्न साहित्यकारहरू, जनप्रतिनिधिहरू तथा समाजसेवीहरूको सहभागिताले अत्यन्त भव्य, सभ्य र गरिमामय बनेको थियो ।

प्रतियोगितामा प्रा.डा.नवराज कट्टेल र साहित्यकार नरनाथ लुइँटेल निर्णायकको रूपमा हुनुहुन्थ्यो । काष्ठमण्डप उपत्यका तथा सिन्धुली, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकादि जिल्लाहरूका विभिन्न संस्कृतमाध्यमिक–विद्यालयहरू, वेदविद्याश्रमहरू, साधारण विद्यालयहरू तथा संस्थागत विद्यालयहरूबाट २० भन्दा धेरै विद्यार्थीहरू प्रतियोगितामा सहभागी रहेका थिए ।

प्रतियोगितामा श्री कान्तिभैरव गुरुकुल विद्यालयका छात्र योगेश उपाध्याय प्रथम, संस्कृत मा.वि.बाट छात्रा सुयशा दाहाल द्वितीय, श्री आदिलिङ्ग कुशेश्वर वैदिक गुरुकुलम्का गृष्म अधिकारी तृतीय र श्री जगद्गुरु आश्रम गुरुकुलम्का अजय गौतम तथा श्री शहीद जगत प्रकाश जंग शाह सं.मा.विका सन्तोष अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त छात्रछात्रालाई क्रमश: नगद रू. ३,५००।, २,५००। २,००० एवम् सान्त्वना स्थान प्राप्त २ जनfलाई जनही १,५०० नगद र सम्मान पत्र नगर प्रमुख दीपक रिसालले हस्तान्तरण गर्नु भएकाे थियाे ।

०००
-रामकृष्ण कोइरालाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x