साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘चिकित्साका चौध तारा’ माथि विमर्श कार्यक्रम

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.सुमनराज ताम्राकार तथा वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारीले पुस्तकको चर्चा गरे ।

Nepal Telecom ad

काठमाडौं, २०८१ फागुन १ । लेखक तथा सञ्चारकर्मी राजेश खनालद्वारा लिखित व्यक्तिवृत्त चिकित्साका चौध ताराको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.सुमनराज ताम्राकार तथा वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारीले पुस्तकको चर्चा गरे ।

पुस्तकको चर्चा गर्दै प्रा.डा.ताम्राकारले हिजोको चिकित्साक्षेत्रमा लागिपरेकाहरुको वारेमा यसरी कृति लेखिनु महत्वपूर्ण भएको बताए । उनले यो पुस्तक चिकित्साक्षेत्रमा लाग्ने र नलाग्ने सबैले अध्ययन गर्नुपर्ने पुस्तक रहेछ । हिजोको चिकित्सा पुस्ताले गरेको दुख र भोगाईका कुराहरु कतिपय आफुलाई नयाँ लागेको छ । पुस्तक पढेर थाहा पाएको छु । प्राविधिक रुपमा गाह्रो काम राजेश खनालले गरेकोमा उनी धन्यवादको पात्र छन् । प्रा.डा.ताम्राकारले आफ्नो अनुभव समेत जोडेर चिकित्साक्षेत्रका चुनौतिहरु बारे जानकारी समेत दिए ।

अर्का चर्चाकार डा.अधिकारीले हजुरबुवा र वुबा पुस्ताका चिकित्सकहरुको वारेमा गैह्र चिकित्सकले लेखेको यो कृति महत्वपूर्ण छ भन्दै हिजोका पुस्ताका दुख,हण्डरहरु पाठक समक्ष पु्र्याउन कृति सफल भएको बताए । चिकित्साक्षेत्रको पायनियर रहेका व्यक्तित्वहरुको कृतिको रुपमा चिकित्साका चौध तारा आएको छ । अग्रज पुस्ताका १४ जना चिकित्सकहरुको जीवनका विभिन्न पाटो सहित हिजोको चिकित्साक्षेत्र कति कठिन थियो भन्ने बारेमा उनीहरुको भोगाइ पुस्तकले ल्याएको छ । विभिन्न विषयगत क्षेत्रका पायनियर चिकित्सकहरुले बेहोरेका धेरै कुराहरु हामीलाई प्रेरणा दिने खालका भएको र आफुले समेत थाहा नपाएका कुराहरु पुस्तक पढेर थाहा पाएको हुँदा कृति महत्वपर्ण रहेको बताए ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले खनालको पुस्तकले स्वास्थ्यक्षेत्रको पृष्ठभूमि र जानकारी दिन सफल रहेको बताए । कृतिले चिकित्सक लगायत स्वास्थ्य क्षेत्रको सम्मान गरेको छ । निबन्धात्मक शैलकिो प्रचुरताले कृति भरिएको छ । यो कृति सबैको निम्ति उपयोगी छ । अग्रज चिकित्सकहरुको बारेमा लेखिएको कृतिको चर्चा चिकित्सकहरुबाटै हुनु महत्वपूर्ण भएको उनले बताए ।

कृतिकार राजेश खनालले कृति तयार पार्दाका अनुभवहरु सुनाए । वाङ्मयका अध्यक्ष साहित्यकार छविरमण सिलवालले उपस्थित सबैलाई स्वागत गर्दै सुुनकोसी वाङ्मय प्रतिष्ठानको उद्देश्यवारे जानकारी दिए ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन वाङ्मयका महासचिव प्रदीप सापकोटाले गरेका थिए ।

०००
– प्रदीप सापकोटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x