फित्काैली डटकमअधिकारीले शब्दकाेशका लागि बुझाए राप्ती भेगका करिब दुई हजार शब्द
साहित्यकार अमर अधिकारीले प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेल र इच्छुक प्रतिष्ठानका अध्यक्ष हीरामणि दुःखीको रोहवरमा उक्त शब्दहरु हस्तान्तरण गरिएको हो।

काठमाडाैं २०८१ फागुन १० । फित्कौलीका स्थायी स्तम्भकार अमर अधिकारीले राप्ती भेगमा चलन चल्तीमा रहेका, तर नेपाली वृहत् शब्दकोशमा समावेश नभएका करिब दुई हजार शब्दको सङ्गालो आइतबार प्रज्ञा प्रतिष्ठानमा बुझाइएका छन्।
शब्दहरुका सङ्कलनकर्ता चर्चित लेखक तथा साहित्यकार अमर अधिकारीले प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेल र इच्छुक प्रतिष्ठानका अध्यक्ष हीरामणि दुःखीको रोहवरमा उक्त शब्दहरु हस्तान्तरण गरिएको हो।
सदस्य सचिव सुवेदीले उक्त शब्दहरु प्रज्ञा नेपाली वृहत् शब्दकोशको आगामी संस्करणमा समावेश गरिने बताउनुभएको छ।
रोल्पाको खुंग्रीमा २०२१ सालमा जन्मिएका अधिकारी १६ वर्ष संस्थान सेवा र २३ वर्ष निजामती सेवा पश्चात साढे दुईवर्षअघि निवृत भएका पूर्व प्रशासक पनि हुन्।
२०५३ सालदेखि साहित्य-लेखन यात्रामा लागेका अधिकारीका लेख-रचनाहरु दुईदर्जनभन्दा बढी सञ्चार माध्यमहरुबाट प्रकाशन हुँदैआएका छन्।
पश्चिम जुम्लादेखि पूर्व दोलखासम्मका सञ्चार माध्यमहरुले उनका तमाम लेख-रचनाहरु प्राथमिकताका साथ प्रकाशन गर्नेगरेको पाइएको छ। डा. घनश्याम पुडासैनीले ‘अमर अधिकारी: व्यक्तित्व र कृतित्व’ नामक पुस्तक लेखिसक्नुभएको छ भने अमेरिकाबाट ‘मैले चिनेका अमर अधिकारी’ नामक पुस्तक पनि लेखिदै छ। त्यस्तै थाइल्याण्डबाट अधिकारीको समेत प्रङ्ग जोडिएको एउटा पुस्तक पनि प्रकाशन हुने बताइएको छ।
अधिकारीले तत्कालीन राप्ती अञ्चलका पाँच जिल्लामध्ये रुकुम र सल्यान नटेकेको र बाँकी रोल्पा, प्यूठान र दाङका विभिन्न विषयमा लेखहरु प्रकाशन गरेर राप्ती भेगकै व्यापक प्रचार प्रसार गर्दैआएका छन्। प्यूठानबाट गरिने सम्मानमा कारणबस उनी उपस्थित हुनसकेनन् भने गुल्मेली संस्थाले सम्मान गरिसकेको छ। त्यस्तै बुढानिलकण्ठको सिर्जनशिल टोल संस्थाले आयोजना गरेको कार्यक्रममा प्रा.डा. गोपिन्द्र पौडेलबाट ‘सुपर राइटर’ को उपाधि समेत ग्रहण गरिसकेका अधिकारीको जीवनशैली सामान्य खालको छ। उनले रचेका ज्ञान-चेतनाका लेखहरु पाठकहरुले बढी रुचाउँदैआएका छन्।
अधिकारीका हालसम्म तीनवटा कृति प्रकाशित छन् भने आगामी दिनहरुमा कम्तिमा दशवटा पुस्तक लेखिने योजना भएको बताइएको छ। उनको मुल रचनाको रोल्पाली सेरोफेरोको एउटा गीत रेकर्डिङ भएर बजारमा आइसकेको छ भने स्वर्गद्वारी भजन रेकर्डिङ हुँदैछ।
त्यस्तै जनचेतनामूलक गीत रेकर्डिङका लागि एक सरकारी विभागले प्रक्रिया थालनी गरेको छ। उनी ‘तुफानी लेखक’ तथा ‘आशु साहित्यकार’ को रुपमा पनि चिनिन्छन्। कोशकार अधिकारीका कैयन व्यङ्ग्य लेखहरु, व्यङ्ग्य गीतहरु र खित्कौलीहरु फित्कौलीमा प्रकाशित भैसकेका छन्।
साहित्यिक संस्थाहरु माझ लोकप्रिय हुँदैआएका अधिकारीलाई दैनिकजसो कार्यक्रमहरुका लागि निम्तो आइरहन्छ। सादा जीवन उच्च विचारका धनी अधिकारीलाई तडकभडक भने मन पर्दैन। उनका दैनिक तिनचार वटासम्म लेख-रचनाहरु प्रकाशन भएको इतिहास छ। उनले मोबाइलमै कोरेको आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ को चर्चाले पनि अधिकारीको उचाइ बढाएको देखिन्छ। तैपनि उनमा अहंकारले बास गरेको देखिदैन।
बिगतमा आफूले गरेका सङ्घर्ष र भोगेका दुःखहरुलाई नविर्सने कुरा अधिकारी दोहोर्याउँछन्। पछिल्लो समय उनी ज्यादा सक्रिय साहित्यकारमा पर्छन्।
०००







































म सँग २०४८ सालमा सल्यानमा जम्मा गरेका २०० भन्दा बढी शब्दहरु छन्। तिनीहरुलाई पनि ब्यबस्थापन गर्ने कसरी