साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सावित्रादेवी–अच्युतप्रसाद हास्यव्यङ्ग्य साहित्य पुरस्कार गायत्री लम्साललाई

राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गरी पच्चीस हजार रुपैया नगद, सम्मान पत्र सहित दोसल्ला ओढाएर पुरस्कार प्रदान गरियो ।

Nepal Telecom ad

विराटनगर, २०८१ फागुन २४ । यस वर्षको श्री सावित्रादेवी–अच्युतप्रसाद खतिवडा हास्यव्यङ्ग्य साहित्य पुरस्कारबाट स्याङ्जाकी गायत्री लम्साल (परिरोशनी) पुरस्कृत भएकी छन् ।

सावित्रादेवी–अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठान विराटनगरले फागुन २४ गते राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गरी पच्चीस हजार रुपैया नगद, सम्मान पत्र सहित दोसल्ला ओढाएर पुरस्कार प्रदान गरियो ।

करिब साढे दुई दशक भन्दा अगाडिबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय रहेकी लम्सालका हालसम्म ५ वटा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह र दुई वटा हास्यव्यङ्ग्य कविता सङ्ग्रह गरी जम्मा सात वटा कृतिहरू प्रकाशित भैसकेका छन् । यसका साथै उनका विभिन्न राष्ट्रिय दैनिक तथा साहित्यिक पत्र पत्रिकाहरुमा विचारमूलक लेख–रचना, कथा, नाटक, संस्मरण, निबन्ध, कविता, गजल,मुक्तक लगायतका दर्जनौँ फुटकर रचनाहरु निरन्तर प्रकाशित भइरहन्छन् ।

यसै गरी उक्त कार्यक्रममा शैक्षिक छात्रवृत्ति पुरस्कारतर्फ श्री सरस्वती माध्यमिक विद्यालय, ग्रामथान–२, झोराहाटमा कक्षा १२ मा अध्ययनरत छात्र विशेष लुइटेल र श्री गोग्राहा उच्च माध्यमिक विद्यालय, बरगाछीमा अध्ययनरत छात्रा पूर्णिमा सहनीलाई जनही दश हजार रुपैया प्रदान गरि सम्मान गरियो ।

प्रतिष्ठानका अध्यक्ष बाबुराम खतिवडाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी रहनुभएको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार भरत गुरागाई बर्बरिकले गर्नुभएको थियो ।

उक्त दिन सोही कार्यक्रम हलमा विराट साहित्य सङ्गम विराटनगरले प्रत्येक महिनाको अन्तिम शनिबार हुने नियमित साहित्यिक भेटघाट तथा कविता वाचन कार्यक्रम सम्पन्न भयो । जसमा करिब पचास जना भन्दा बढि स्रष्टाहरुले आ–आफ्ना रचना बाचन गर्नुभएको थियो साथै उक्त समारोहमा साहित्यिक मासिक सङ्गम अभियान, वर्ष –१५, अङ्क–७, पूर्णाङ्क–१७८ को विमोचन गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x