साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज साहित्य प्रतिष्ठानको ८३ औँ शृङ्खला सम्पन्न

कार्यक्रममा कविहरू ध्रुवप्रसाद शर्मा पंगेनी, इन्द्रप्रसाद पाठक, कमल बगाले, बोधराज न्यौपाने, ढालबहादुर केसी, कवयित्रीहरू विष्णु पंगेनी पाण्डे, दमकला बगाले हरिकला पाठकलगायतले रचना वाचन ।

Nepal Telecom ad

वालिङ, २०८१ चैत्र १६ । भेषजराज साहित्य प्रतिष्ठानले वालिङ नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नियमित रचनावाचनको ८३ औँ शृङ्खला सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि ८४ वर्षीय समाजसेवी व्यक्तित्व नीलकण्ठ लम्सालले कार्यक्रमले साहित्यिक रसपानले मजस्ता ज्येष्ठहरूलाई समेत आनन्द दिनुका साथै आफ्ना साथीहरूसँग पनि भेटघाट गराएकामा खुसी व्यक्त गर्नुभयो । यसै गरी कार्यक्रमका विशिष्ट अतिथि द्वय ठाकुरप्रसाद सुवेदी र कल्पना बस्यालले पनि आफूहरू यो कार्यक्रममा पहिलो पटक आएको बताउँदै कार्यक्रम उपलब्धीमूलक रहेकाले यसलाई निरन्तरता दिन आवश्यक रहेको कुरा औँल्याउनुभयो ।

कार्यक्रममा कविहरू ध्रुवप्रसाद शर्मा पंगेनी, इन्द्रप्रसाद पाठक, कमल बगाले, बोधराज न्यौपाने, ढालबहादुर केसी, कवयित्रीहरू विष्णु पंगेनी पाण्डे, दमकला बगाले हरिकला पाठक. कल्पना बस्याल, सावित्री (मिठु) अर्याल रेग्मीले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी उपकार बचत तथा ऋण सहकारीकी कोषाध्यक्षा दुर्गा न्यौपाने, मोहिनीशरण स्मृति प्रतिष्ठानका सचिव यदुनन्दन अर्यालले शुभकामना मन्तव्य व्यक्त राख्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानको भेषजविन्दु साहित्यिक अक्षयकोषका लागि सावित्री( मिठु) अर्याल रेग्मीलेज्यूले रु २११२१ रुपियाँ प्रदान गर्दै आजीवन सदस्यता पनि लिनुभयो भने ठाकुरप्रसाद सुवेदी पनि आजीवन सदस्य भन्नुभएको थियो भने ८८ वर्षीय चन्द्रबहादुर थापाको पनि विशेष उपस्थिति लहायत ३ दर्जन व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रतिष्ठान अध्यक्ष यमकान्त खनालको अध्यक्षता र सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो ।

०००
– श्यामप्रसाद ढुङ्गानाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x