साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्यकार अमर अधिकारी पुरस्कार सहित सम्मानित

कार्यक्रममा परिषदको तर्फबाट नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले अधिकारीलाई 'प्रेमनारायण साबित्रा हेमकुमारी प्रज्ञा पुरस्कार' बाट सम्मान गर्नुभएको हो।

Nepal Telecom ad

दाङ, २०८२ वैशाख २० । शुक्रबार दाङमा एक साहित्यिक समारोहका बीच रोल्पाली सर्जक तथा फित्कौली अनलाइन पत्रिकाका नियमित स्तम्भकार अमर अधिकारीलाई रु. १४ हजार नगद सहित सम्मान गरिएको छ।

राप्ती साहित्य परिषद दाङले घोराही उपनगरपालिकाको सभा हलमा आयोजना गरेको कार्यक्रममा परिषदको तर्फबाट नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले अधिकारीलाई ‘प्रेमनारायण साबित्रा हेमकुमारी प्रज्ञा पुरस्कार’ बाट सम्मान गर्नुभएको हो।

परिषदद्वारा अधिकारी सहित २४ जनालाई पुस्कार सहित सम्मान गरिएको छ। अधिकारीका तीनवटा कृति प्रकाशित छन् भने विभिन्न सञ्चार माध्यमहरूबाट दिनहुँजसो लेख-रचनाहरू प्रकाशन हुने गरेका छन्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x