फित्काैली डटकमविश्व हास्यसम्मेलनमा नेपालबाट रामकुमार पाँडे सहभागी
सम्मेलनमा विश्वका अधिकांश सहभागीले भाग लिँदै हास्यका प्राचीन इतिहास प्रकाशका अतिरिक्त, आधुनिक अनुसन्धान र एआइले बनाएको हास्य सामग्री सम्मका बौद्धिक, प्राज्ञिक र शैक्षिक पत्रहरुको प्रस्तुति रहेका थिए ।

पोल्याण्ड, २०८२ असार २६ । विश्व हास्य समाजको ३४ औँ अन्तर्राष्ट्रिय हास्यसम्मेलन पोल्याण्डको क्राकावो नगरमा एक हप्तासम्म सन्चालन भै समाप्त भएको छ।
सम्मेलनमा विश्वका अधिकांश सहभागीले भाग लिँदै हास्यका प्राचीन इतिहास प्रकाशका अतिरिक्त, आधुनिक अनुसन्धान र एआइले बनाएको हास्य सामग्री सम्मका बौद्धिक, प्राज्ञिक र शैक्षिक पत्रहरुको प्रस्तुति रहेका थिए ।
विविध पक्ष्यमा अनुसन्धानमूलक पेपर प्रस्तुत गरिएकाे उक्त सम्मेलनमा नेपालबाट निमन्त्रित प्राध्यापक तथा हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले भाग लिनु भएकाे थियाे ।
पाँडेले किशोरहरुको शैक्षिक चरित्र निर्माण गर्न शिक्षामा साहित्यिक हास्य उपचार सहयाेगी हुनसक्छ भन्ने निस्कर्ष सहित कार्यपत्र पावरप्वाइन्टमा प्रस्तुत गर्नु भएको थियो।
सोही दिनको डिनर स्पीकरमा पनि प्राध्यापक पाँडेले बोल्नुभएको थियो। आफ्नो प्रवचनमा २ सय जति सहभागी विदेशी विज्ञ, शोधकर्तादेखि लेखक, कलाकारका अगाडि उहाँले नेपालको विशेषता बताउँदै हासने घरनिर्माणको अवधारणा अगाडि ल्याइएको र विश्वमा नयाँ पिँढीले ह्युमर ओलम्पिक हुनसक्ने परिकल्पना रहेको बताउनु भएकाे थियाे ।
सन २०२७ मा नेपालमा ३६ औँ अन्तर्राष्ट्रिय हास्य सम्मेलन आयाेजना गर्ने प्रस्ताव गर्दै विश्वका शहरबाट हास्य हराउदै गएको कुरा पनि उहाँले बताउनु भयो।
सम्मेलनलाई समर्पण गरि तयार गर्नुभएको अङ्ग्रेजी पुस्तक ग्लिम्सेस अफ गाईजात्रा फन फेस्टिभल अफ नेपाल पुस्तक पनि बितरण गरिएको थियो।
पाँडेले विश्वका ठूला शहरमा विभिन्न कारणले हास्य घटेको र हराउन थालेको अभिव्यक्ति दिँदै हास्यको मानव जीवनमा ठ्लो महत्व रहेको बताउनु भयो।
नेपालमा हास्यव्यङ्ग्य सम्बन्धी विभिन्न कार्यक्रमका अतिरिक्त बिगत ४८ वर्ष देखि आलु पार्टी हुँदै आएको जानकारी साथ यो सम्मेलनमा आफूले नेपालको प्रतिनिधित्व गर्न पाएकामा धन्यवाद दिनु भएको थियो।
उहाँले अन्त्यमा सबै सहभागीबाट विश्वलाई हास्य सिर्जना गरि सुखद वातावरण बनाउन आह्वान गर्नुभएकाे र अन्त्यमा ह्याप्पी ह्युमरको नारा लगाउँदै कार्यक्रम समाप्त भएको थियो।
०००
पाेल्याण्डबाट रामकुमार पाँडेकाे साैजन्यमा
केही तस्विरहरू



Subscribe
Login
0 Comments
Oldest





































