साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिकामा घिमिरेको नेतृत्वमा नयाँ समिति चयन

विहिबार आयोजित साधारण सभामा प्रतिष्ठानको उपाध्यक्षमा डा.शान्तिमाया गिरी, महासचिव मधु पाठक, सचिव सुमन घिमिरे, कोषाध्यक्षमा हरिवोल ढकाल चयन भएका छन् ।

Nepal Telecom ad

काठमाडौं, २०८२ साउन १५ । राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारण सभाले ऋषभ देव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

राजधानीमा विहिबार आयोजित साधारण सभामा प्रतिष्ठानको उपाध्यक्षमा डा.शान्तिमाया गिरी, महासचिव मधु पाठक, सचिव सुमन घिमिरे, कोषाध्यक्षमा हरिवोल ढकाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटा चयन भए।

साधारण सभामा संस्कृति संवाद समेत आयोजना गरिएको थियो । यस संवाद कार्यक्रममा प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहालले साहित्यलाई संस्कृतिसँग जोड्नु आजको आवश्यकता भएको बताए । उनले असार पन्ध्रको सन्दर्भलाई समेत जोडेर राष्ट्रिकाले कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे । यसैगरी अर्का बक्ता वरिष्ठ साहित्यकार नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले संस्कृतिको जगेर्ना गर्न जरुरी भैसकेको बताउँदै नयाँ पुस्तालाई समेत साहित्यमा आकर्षित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार पवन लोक, प्रा.डा.जीवन अधिकारी,चिनिमायाँ माझी लगायतले शुभकामना मन्तव्य राखे ।

मधु पाठकले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता ऋषभ देव घिमिरेले गरेका थिए । कार्यक्रममा आर्थिक तथा प्रगति प्रतिवेदन समेत पास गरिएको थियो ।

०००
प्रदिप सापकाेटाद्वारा संप्रेप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x