साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि तथा गीतकार प्रेमविनोद नन्दनको निधन

उहाँका प्रकाशित कृतिहरूमध्ये ‘अञ्जली’ (२०२३), ‘सपनीबाट ब्युँझेर’ (२०२३), ‘विपनीका पाइलाहरू’ (२०५२), ‘ऐनाभित्रको आकाश’ (२०६३), ‘सिद्धार्थको ग्रहत्याग’ (२०७४) र ‘पत्रम पुष्पम’ (२०७७) प्रमुख रहेका छन्।

Nepal Telecom ad

चितवन, २०८२ भदाै ३ । नेपाली गीत र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएकाे कवि तथा गीतकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा आइतबार (भदौ १) राति निधन भएको छ।

लामो समयदेखि अस्वस्थ रहेकाे नन्दनको उपचारका क्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा देहान्त भएकाे हाे।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार, उहाँ पछिल्ला वर्षहरूमा श्वासप्रश्वासलगायत स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्याे । नन्दनले वि.सं. २०११ सालमा प्रकाशित ‘झटारो’ गीतिसंग्रहमार्फत साहित्यिक क्षेत्रमा औपचारिक प्रवेश गर्नुभएकाे थियाे । त्यसयता उहाँले गजल, कविता, गीत र अन्य काव्य विधामा कलम चलाउँदै आफ्नो नाम स्थापित गर्नुभयाे ।

उहाँका धेरै गीत चलचित्र क्षेत्रमा पनि चर्चित छन्। उहाँका प्रकाशित कृतिहरूमध्ये ‘अञ्जली’ (२०२३), ‘सपनीबाट ब्युँझेर’ (२०२३), ‘विपनीका पाइलाहरू’ (२०५२), ‘ऐनाभित्रको आकाश’ (२०६३), ‘सिद्धार्थको ग्रहत्याग’ (२०७४) र ‘पत्रम पुष्पम’ (२०७७) प्रमुख रहेका छन्। राष्ट्रियगान छनोटका क्रममा उहाँको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियाे ।

गीतसंगीत मात्र नभई साहित्यिक सम्पादनमा पनि नन्दन सक्रिय हुनुहुन्थ्याे । उहाँले लामो समयसम्म ‘बागिश्वरी’, ‘दोभान’, ‘मारुनी’, ‘गोधूलि’ जस्ता साहित्यिक पत्रिका सम्पादन गर्नुभएकाे थियाे । औपचारिक शैक्षिक डिग्री नभए पनि अनौपचारिक अध्ययनबाटै उहाँले गीतसंगीत, कविता र कलामा उल्लेखनीय योगदान दिनुभएकाे थियाे ।

वि.सं. १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ स्थायी बसोबास गरिरहनुभएकाे थियाे । उहाँले छिन्नलता गीत पुरस्कार (२०५४), चिसाप प्रतिभा पुरस्कार (२०५२), चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार (२०६४), नारायणी प्रज्ञा पुरस्कार (२०७८), राष्ट्रिय स्रष्टा सम्मान (२०७७) लगायतका प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएकाे थियाे। जीवनकालमा उहाँलाई रथारोहण तथा विशेष सम्मानहरू समेत गरिएको थियो।

उहाँको पार्थिव शरीर धार्मिक तीर्थस्थल देवघाटमा भदौ २ गते अन्त्येष्टि गरिएकाे छ। नन्दनका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x