साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातापिता निधि दुई घरमै रमाऊन्

खाेज्छाैँ विशेष सँगमा, अधिकार रास । कर्तव्य पालन सबैतिर, छैन खास ।। आनन्दकाे पल सदाशय, देख्न पाऊन् । मातापिता निधि दुई, घरमै रमाऊन् ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

लागाेस् थकान अथवा, तन होस् अशक्त ।
सन्तान खातिर हुनन्, जहिल्यै सशक्त ।।
यस्ता महान् सुजन, आश्रममा नजाऊन् ।
मातापिता निधि दुई, घरमै रमाऊन् ।।१।।

वर्षा र ,ग्रीष्म कति, जीवनमा भगाए ।
हेमन्त वा शिशिरका, कति शीत खाए ।।
सन्तानका प्रगतिकाे, अनुभूति पाऊन् ।
मातापिता निधि दुई, घरमै रमाऊन् ।।२।।

छन् ज्ञानका अनुभवी, अति नै, प्रबुद्ध ।
सान्निध्य बात गरिँदा, दिल हुन्छ शुद्ध ।।
साथै भएर इतिहास,कथा सुनाऊन् ।
मातापिता निधि दुई, घरमै रमाऊन् ।।३।।

संज्ञान जीवन कला, अनमाेल रास ।
बाँड्ने खुलेर जनमा, उपदेश खास ।।
सर्वत्र शान्त गरिमासित,मुस्कुराऊन् ।
मातापिता निधि दुई, घरमै रमाऊन् ।।४।।

छौँ व्यस्त अन्यतिर नै परिवार खास ।
को हेर्छ लौ भन यहाँ सब छन् निराश ।।
सम्पूर्णकाे निकटता नित देख्न पाऊन् ।
मातापिता निधि दुई, घरमै रमाऊन् ।।५।।

खाेज्छाैँ विशेष सँगमा, अधिकार रास ।
कर्तव्य पालन सबैतिर, छैन खास ।।
आनन्दकाे पल सदाशय, देख्न पाऊन् ।
मातापिता निधि दुई, घरमै रमाऊन् ।।६।।

०००
साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Harisharan Khatiwada
Harisharan Khatiwada
1 year ago

अत्यन्त सुन्दर सिर्जना!

Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x