फित्काैली डटकमवेदविज्ञ तिलक लुइटेलकाे दाेस्राे स्मृति सभा, सम्मान तथा रचनावाचन
कार्यक्रममा पूर्व सेनानी वरिष्ठ साहित्यकार तेजप्रकाश बानियाँ, वरिष्ठ साहित्यकार गाेविन्द घिमिरे वेदमणि र प्राज्ञ एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई सम्मान गरिएकाे थियाे ।

काठमाडाैं, २०८२ मङ्सिर २२ । वेदविज्ञ तिलकप्रसाद लुइटेलकाे दाेस्राे स्मृति सभा, सम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न भएकाे छ । राष्ट्रिय सुसेली फाउन्डेसनकाे ७३ ओैं नियमित कार्यक्रम शृङ्खला पनि हाे ।
कार्यक्रमकाे सभापतित्व राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारीले गर्नु भएकाे थियो भने प्रमुख अतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. डा. जगतप्रसाद उपाध्याय प्रेक्षित रहनु भएकाे थियाे ।
राष्ट्रकाे सम्मानमा राष्ट्रगान गाउँदै शुरू भएकाे कार्यक्रममा विभव लुइटेलले स्वागत मन्तव्य दिनुभएकाे थियाे । त्यस लगत्तै पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन, वेदविज्ञ तिलक लुइटेलकाे तस्बिरमा माल्यार्पण र माैन धारण गरिएकाे थियाे ।
वरिष्ठ गीतकार डा. बमबहादुर थापा जितालीकाे शब्द रचना रहेकाे कालजयी गीत वरिष्ठ संगीतकार एवम् गायक विष्णु गुरूङले गाउनु भएकाे थियाे भने ध्रुवराज थापा पुरूषले तिलकप्रति समर्पित कविता वाचन गर्नु भएकाे थियो । विशिष्ट अतिथि बमबहादुर जितालीले शुभकामना मन्तव्य र रचना प्रस्तुत गर्नु भएकाे थियाे ।
कार्यक्रममा सुसेली फाउन्डेसनककी सल्लाहकार / संरक्षक चन्द्रा न्याैपानेले सम्मानित व्यक्तिहरूकाे संक्षिप्त परिचय र व्यक्तित्वकाे बारेमा बाेल्नु भएकाे थियाे ।
कार्यक्रममा पूर्व सेनानी वरिष्ठ साहित्यकार तेजप्रकाश बानियाँ, वरिष्ठ साहित्यकार गाेविन्द घिमिरे वेदमणि र प्राज्ञ एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा सम्मानित व्यक्तिहरू लगायत पुरूषाेत्तम दाहाल, कलानिधि दाहाल, प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी. लगायतले मन्तव्यका क्रममा वेदअनुवादमा तिलक लुइटेलकाे याेगदानकाे चर्चा गर्नुभएकाे थियाे ।
कार्यक्रममा लक्ष्मी बस्नेत, एलिना उप्रेती, सरला ओझा सिर्जना, प्रमाेद नेपाल, चेवन बस्नेत ठूलाघरे, कृष्णप्रसाद पाैडेल जस्ताघरे, विश्वनाथ ढुङ्गेल, गंगा कर्माचार्य लगायतले रचना प्रस्तुत गर्नु भएकाे थियाे ।
प्रमुख अतिथि प्रा.डा. जगतप्रसाद उपाध्याय प्रेक्षितले तिलक लुइटेलकाे व्यक्तित्वकाे बारेमा र सम्मानित व्यक्तिकाे छनाेट अति नै प्रभावकारी र प्रशंसनीय दृष्टिकोणबाट गरिएकाेमा आयाेजक संस्थालाई धन्यवाद र सम्मानित त्रयलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
गीता लुइटेल, डा. रामप्रसाद ज्ञवाली, मित्रलाल पंज्ञानी, माधवलाल श्रेष्ठ, त्रिलोचन आचार्य, खोलाघरे साँहिलो, निबन्ध आचार्य, थरेन्द्र बराल, डिल्लीप्रसाद मूलतिहुन, रामशरण लुइटेल लगायत फाउन्डेसनका सल्लाहकार, एवम् कार्यसिमिति सम्बद्ध स्रष्टाहरूकाे सहभागिता रहेकाे कार्यक्रमलाइ दामोदर ढकाल दिपकले सुसञ्चालन गर्नु भएकाे थियाे । १२ बजेबाट सुरू गरिएकाे उक्त कार्यक्रम ३ बजेसम्म चलेकाे थियाे ।
सहभागी सम्पूर्णलाई धन्यवाद सहित सभापति दुर्गा अधिकारी भमरकाेटेले कार्यक्रम समापन गर्नु भएकाे उक्त कार्यक्रममा ५० भन्दा बढी साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
०००
दुर्गा अधिकारी भमरकाेटेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































