फित्काैली डटकमपूण्यमाता माध्यमिक विद्यालय : ‘विद्यालयमा कुलपति’ कार्यक्रम
कुलपति राईले ब्यानरवाचन गरेर कार्यक्रमको समुद्घाटन गर्दै विद्यार्थीका लागि देश चिनाउने नयाँ संस्कृति निर्माण गर्न सक्ने पाठ्यपुस्तक निर्माण हुनुपर्ने बताउनु भएको थियो ।

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वर्डा न -१० स्थित पूण्यमाता माध्यमिक विद्यालय बेतिनीद्वारा ‘विद्यालयमा कुलपति’ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा कविगोष्ठी आयोजना गरिएको थियो।
कुलपति राईले ब्यानरवाचन गरेर कार्यक्रमको समुद्घाटन गर्दै विद्यार्थीका लागि देश चिनाउने नयाँ संस्कृति निर्माण गर्न सक्ने पाठ्यपुस्तक निर्माण हुनुपर्ने बताउनु भएको थियो । उहाँले बहुभाषिक र बहुजातीय समाज भएको देशमा मातृभाषाको विकास गर्न समावेशी चरित्रको पाठयपुस्तकले मात्रै सम्भव हुने बताउँदैअहिले पनि तत्कालीन राजा महेन्द्रकालीन एकतन्त्रीय राष्ट्रवाद घुमाउरोपारामा कायम रहेको छ, यसको प्रतिबिम्बन साहित्यमा व्यापक परिरहेको छ । अब लेखिने साहित्यमा नयाँ परिवर्तनसहित नयाँ विचारमा आधारित संस्कृति निर्माण गर्ने कविता सिर्जना गर्न पूण्यमाता माविका विद्यार्थीलाई प्रेरित गर्नुभएको थियो। विद्यमान शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो रहेकाले शिक्षक स्वयम्ले आवाज उठाउनुपर्ने बताउँदै यस विद्यालयमा आएर शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधिका बिच ‘विद्यालयमा कुलपति कार्यक्रम’मा सरिक भएर आफ्ना प्राज्ञिक कर्मबारे विमर्श गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै यस क्षेत्रमा साधनारत व्यक्ति उच्च नैतिकवान् र कम भ्रष्ट हुने बताउनु भएको थियो।
कार्यक्रममा कविता, गीत र निबन्ध लगायतका विधामा उल्लेखनीय योगदान पुर्याएबापत कुलपति राईलाई ‘विशिष्ट सम्मान’, प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई उपन्यास, नाटक र समालोचना विधामा महत्त्वपूर्ण योगदान गरेबापत ‘विशेष सम्मान’ र प्राज्ञसभा सदस्य चेतनाथ धमलालाई साहित्य र साहित्यिक पत्रकारितामा पुर्याएको योगदानबापत ‘विशेष सम्मान’ विद्यालयका प्रधानाध्यापक वेलाशप्रसाद धमलाले एक समारोहबिच अर्पण गर्नुभएको थियो ।
विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पूण्यमाता मावि बेतिनीद्वारा आयोजित “विद्यालयमा कुलपति” कार्यक्रमले जनप्रतिनिधि, शिक्षक,विद्यार्थी र अभिभावकबिच एकसाथ नेपाल प्रज्ञा- प्रतिष्ठानको भूमिका बारे प्रकाश पार्नुभएको थियो। उहाँले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रका क्षेत्रमा प्रज्ञा-प्रतिष्ठानले खोजअनुसन्धान, मातृभाषाको संरक्षण र त्यससँग सम्बन्धित पुस्तक, पत्रिका र जर्नल प्रकाशन गर्दै प्राज्ञिक क्षेत्रमा विशेष योगदान पुर्याएको चर्चा गर्नुभएको थियो। स्थानीय सरकारले यस क्षेत्रको संस्थागत विकासमा अग्रसर हुन जोड दिनुभएको थियो । उहाँले विद्यालयीय पाठ्यपुस्तक लेखनबारेमा आफ्नो अनुभूति सुनाउँदै अबको पाठयपुस्तकले नयाँ चेतनालाई आत्मसात् गर्दै वाचित कवितामाथि टिप्पणी गर्नुभएको थियो ।
विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले ‘विद्यालयमा कुलपति’ कार्यक्रमको महत्त्व र ओैचित्य बारे प्रष्ट धारणा राख्दै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञिक कार्यहरू बारे अभिभावक, शिक्षक र विद्यार्थी परिचित हुनुपर्ने बताउनुभएको थियो ।
पूण्यमाता माध्यमिक विद्यालयका प्रधानाध्यापक वेलाशप्रसाद धमलाले स्वागत मन्तव्यसहित हाइकु र ‘सन्देश’ शीर्षकको कविता वाचन गर्नुभएको थियो।उहाँले प्रज्ञा-प्रतिष्ठानका कुलपति, सदस्य सचिव र प्राज्ञ सदस्य उपस्थित भएको ‘विद्यालयमा कुलपति’ कार्यक्रम विद्यालयले पहिलोपटक गरेको बताउनु बताउँदै विद्यार्थीका कविताहरू प्रारम्भिक प्रयास भएको पनि यस्ता कार्यक्रमले सबै लाभान्वित हुने उल्लेख गर्नुभएको थियो।
सिद्विचरण नगरपालिका वर्डा न.१० का अध्यक्ष रमेशप्रसाद धमलाले यस वर्डामा आफू सांस्कृतिक महोत्सव गर्न तत्पर रहेको बताउनु भएको थियोे ।उहाँले यस्ता गतिविधिले भाषा,साहित्य र सांस्कृतिक बहसले समाजलाई जागरुक बनाउने कुरामा आफू विश्वस्त रहेको चर्चा गर्नुभएको थियो । कक्षा ३ देखि १२ सम्मका ३० जना विद्यार्थीको कविता वाचन रहेको थियो ।
सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुणाराज धमलाले विद्यालयका हुने यस्ता कार्यक्रमले विद्यार्थीलाई लाभ पुग्ने बताउँदै कार्यक्रम समापन गर्नुभएको थियो। विद्यालयका शिक्षक युवराज धमलाले कार्यक्रमको उद्घोषण छिटोमिठो तरिकाले गर्दै आफूले समेत बालसखा बारे कविता वाचन गर्नुभएको थियो।
०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest




































