साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू बचाऔँ

ठन्डी गढी बिरामी पर्दा हुने अनाथ को दिन्छ खानलाई को गर्छ सेकताप ? आवास धान्नुपर्ने मस्तिष्क झर्किँदै छ वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।।

Nepal Telecom ad

कविराज घिमिरे :

यो उत्तरी दिशाले हेमन्त चुम्न थाल्छ
कक्र्याउँदै छ काफी यी बाल वृद्ध गाल्छ
पानी छुनै छ गाह्रो हावा चिसो छँदै छ
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।। १

पानीसँगै नखेल्दा चल्दैन जिन्दगानी
धारो कुवा हमेसा घेरेर बस्छ पानी
भान्सा चलाउनेको खामोस टुक्रिँदै छ
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।। २

प्याएर दुग्ध नानी हेर्नेहरू निमित्त
चाहिन्छ न्यानु तातो वस्त्रादि जो पवित्र
यो शीतको अचाक्ली आएर डुक्रिँदै छ
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।। ३

छन् वृक्ष हैम लागी दिक्दार झर्छ आँसु
ती वन्यजन्तु लुक्छन् ओडारभित्र आफूँ
आफैँ गरौँ सुरक्षा ठिही उचालिँदै छ
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।। ४

ठन्डी गढी बिरामी पर्दा हुने अनाथ
को दिन्छ खानलाई को गर्छ सेकताप ?
आवास धान्नुपर्ने मस्तिष्क झर्किँदै छ
वृद्धाहरू बचाऔँ हेमन्त उर्लिँदै छ ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x