सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लड्डुभित्रको स्वाद

अदालतले विवेक पाल्छ रे कर्मचारीले इमान राख्छ रे परिवारले स्नेह दिन्छ रे आहा कति मिठा लड्डु !

Nepal Telecom ad

नेतामा नीति हुन्छ रे
व्यवहारमा थिति हुन्छ रे
समाजले रीति मान्छ रे
सत्ताले कूटनीति गर्छ रे
शक्तिले संयम लिन्छ रे
चिठीमा मिति हुन्छ रे
अदालतले विवेक पाल्छ रे
कर्मचारीले इमान राख्छ रे
परिवारले स्नेह दिन्छ रे
आहा कति मिठा लड्डु !
लड्डु भित्र चिनी चिनीभित्र रङ
रङभित्र मधुमेह
रङअनुसार मौलाउँछ बेथिति
बेथिति जन्माउँछ भोक रोग अशिक्षा
अनियमितता अनैतिकता दण्डहीनता
अहङ्कार लोभ ईष्र्याबहादुर
अकर्मण्यताले सुरु गर्छ
नैतिक शिक्षा पढाउन
उसको बानी
आज बनाउँछ भोलि भत्काउँछ
आफूले समाएको पुतली भन्छ
उसको हातमा झुसिल्किरो देख्छ
निर्लज्ज बनेको वस्त्रहीन
चरित्र बोकेर
पुनःपुनः सत्तामा पुग्छ
जनता बबुरो आफ्नै टाउकामा
मुङ्ग्रो बजारेर
भरजन्म उपचारको खोजीमा
ढोका ! ढोका चहार्छ !!
धारो फेरिन्छ
धारोमा बग्ने लेदो फेरिँदैन
रीत दोहोरिइरहन्छ
अनुहार फेरी फेरि भरपुर अनैतिकले
नैतिक शिक्षा पढाउन थाल्छ ?

२०७८/५/६

काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पलङ

पलङ

डा. छायादत्त न्यौपाने ‘बगर’
कसो

कसो

डा. छायादत्त न्यौपाने ‘बगर’
साइनोका केही फाँकी 

साइनोका केही फाँकी 

डा. छायादत्त न्यौपाने ‘बगर’
परिणाम

परिणाम

डा. छायादत्त न्यौपाने ‘बगर’
हाम्रो शिक्षा

हाम्रो शिक्षा

डा. छायादत्त न्यौपाने ‘बगर’
साइनोका केही फाँकी

साइनोका केही फाँकी

डा. छायादत्त न्यौपाने ‘बगर’
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही