सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कथाको अन्त

“कति पर्छ ?” “तीस हजार !” उसले मनमा सोच्यो । तीस हजार भए त किताब निकाल्थें ! कथाकार किच्च पर्यो । उसका मथिङ्गलमा भएका एकाएक कथा तुरिए ।

Nepal Telecom ad

जनता कर तिर्न नसकेर छट्पटी गर्दै थिए । नेता माइकमा सरकार बनेको खण्डमा दसदिनमा यो गर्छु त्यो गर्छु भनेर उर्लिरहेका थिए । जनताका घरमा बत्तीका तार लगाइएका थिए तर उज्यालो कतै थिएन । दुनियाँ भरको कानुनी डर देखाएर हड्प गरेको जमिनभित्र विशाल सुरुङ थिए जसमा नदी बगिरहेको थियो । मानिसहरू सुकुम्बासी समस्याले ग्रस्त थिए । कतै बिजुलीको कर तिर्न नसकेर किसान मजदुर आत्महत्या गर्नु बाहेक अरु विकल्प के होला भनेर छट्पटीमा थिए । नेताले आफ्ना नातागोताको नाउँमा प्रसिद्ध शहर बजारमा घर बनाइरहे । जमिन किनिरहे । जनता उल्लू जस्तो दिनभर सुते । रातभर छट्पटीमा जागे ।

कथाकार यो सबै आँखा चिम्लेर हेरिरहेको थियो मूकदर्शक बनेर । उसले कथा लेख्न खोज्यो । चिन्तन गर्यो । छट्पटी लियो । आखिर पाठकलाई इन्तु न चिन्तु । सोचाइमा पर्यो । कसैले पढ्ने त होइन । श्रीमतीलाई सोध्यो ।

“के गरौं ?मुलुक त डुब्ने भो त यो पाराले ?”
“जे सुकै गर् । यो चिन्तन यो छट्पटी मेरो लागि गरेको भए ?”
“के गर्नु पर्थ्याे तिम्रो लागि ?”
“एउटा राम्रो फोन किन्नु पर्थ्याे ।”
“किन ?”
“तिम्रै कथा पढ्न ! मैले नपढे खोइ तिम्रा पाठक ?”
“कति पर्छ ?”
“तीस हजार !”

उसले मनमा सोच्यो । तीस हजार भए त किताब निकाल्थें !
कथाकार किच्च पर्यो । उसका मथिङ्गलमा भएका एकाएक कथा तुरिए ।

०००
सिक्किम
९ डिसेम्बर २०२२ !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का