सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

निर्मम समीक्षा बैठक

झसङ्ग हुँदै ब्युँझिनुको विकल्पै थिएन । ब्युझिएँ । कहाँ उखाने मास्टर, पूर्व राष्टपति, माकुने र शेर कता मेरो गजल-शेर कता । विचरा प्रोफेसर जगमोहन त भित्तामा तकिया अड्याएर ठाडै निदाएको पो रहेछ ।

Nepal Telecom ad

उपनिर्वाचनको नतिजाबाट रन्थनिएका समय नायकहरू हान्निएर सौराहा आइपुगे । सौराहामा आएपछि कमरेड काशीनाथ अधिकारीको सहयोगमा “प्रोफेसर जगमोहन आजाद” लाई पनि बोलाइयो । टोली जंगल सफारी क्याम्पमा बसेको थियो । ओलीजी, माधवजी, शेरजी, आरजू राणाजी, बाबुराम भट्टराईजी, राष्ट्रपतिज्यू, पनि अरु दोस्रो दर्जाका नेताजीहरूको पनि उपस्थिति थियो । प्रोफेसर जगमोहन आजादले उद्घोषणको जिम्मा पायो । “निर्मम समीक्षा बैठक” कार्यक्रमको नाम राखियो ।

फेसबुकमा अघिल्लो दिनमा नै प्रचार प्रसार भएको हुनाले सबै प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति थियो । विनोदी गुरु, रामबाबु घिमिरे, इन्द्र रेग्मी, एउटा लहरमा प्रोफेसर आजादको अनुरोधमा प्रेम रिमाल, रमाकान्त सापकोटा, भानुप्रसाद उपाध्याय र सूर्यप्रकाश जमरकटेल पनि आएका थिए । डेजीका प्राचार्यले कार्यक्रमलाई “लाइभ” प्रसारण गरे । उद्घोषणको शुभारम्भ गर्दै, प्रोफेसर जगमोहन आजाद- “यति कुरा बुझ्नुपर्छ चारतारे वामले, धेरै कुरा थाहा पाए सर्वसाधरणआमले” शेरबाट सम्बोधन गर्दै आजाद अगाडि बढ्यो ।

“जीवनको अन्य क्षेत्रमा असफल भएपछि वा सफलताको सम्भावना नदेखेपछि, अक्सर, मान्छे राजनीति वा साहित्य वा अध्यात्मतिर आकर्षित हुने रहेछ । हामीले अक्सर अनूभूत गरेकै कुरा हो, विद्यार्थी जीवनका धेरै नालायकहरू, ब्याकेहरू, ब्याक बेन्चरहरू विद्यार्थी संगठनमा लागेका थिए, अझै निरन्तरतामा क्रमभङ्ग भएको छैन । अपवादमा दुईचार मेधावीहरू राजनीतिमा आए भन्दैमा सबै नेताहरूलाई कृष्णप्रसाद भट्टराई र खड्गप्रसाद ओलीजी जस्तै विद्वान मान्न सकिन्न । आठ पासे र चारपासेहरूकै बोलाबाला हो । अयोग्यहरू मौलाउने र योग्यहरू बौलाउने भएकै हो । यो उपनिर्वाचन एक थप्पड भएकै हो । कमरेड काशीनाथले त सार्वजनिक रुपमा माफि मागिसक्नु भयो ।…

…आजको यो चुनावको निर्मम समीक्षा बैठकमा हरेक नेताले आफूबाट भएका गल्तीहरूका बारेमा सत्य तथ्य व्यक्त गर्ने । यहाँ शालीन भाषा प्रयोग गरिने छ । गालीगलौज, आरोप-प्रत्यारोपको अनुमति छैन । हाम्रो सौराहाको आफ्नै संस्कार छ । शिष्ट, मिष्ट, र विशिष्ट हुन अनुरोध गर्दछु । सर्वप्रथम, म कमरेड उखाननारायण झापालीज्यूलाई अनुरोध गर्दछु । प्रचण्डजीले कुम हल्लाउनुभयो । सबै सजग भए । काशीनाथजीले प्रोफेसर आजादलाई हेर्नुभयो, मुस्कुराउनुभयो । ओलीको उवाच- “मलाई रमाइलो लागिरहेछ । मलाई मज्जा आइरहेछ । घण्टी मात्र होइन शङ्ख नै बज्नुपर्ने थियो । लौरो मात्र होइन बाँसको घारोले बजाउनु पर्ने हो हामीलाई । मैले पनि थुप्रै गल्तिहरू गरेँ । सल्लाहाकारहरू सबै शकुनिहरू परेछन् । दुर्योधन बनाए । यहाँहरूलाई थाहै छ, १४ बर्ष जेल बसेको मान्छे । त्यहाँ कस्ता मान्छेहरूको संगतमा रहिन्छ, जगजाहेर । कुलमान घिसिङप्रतिको अन्याय, मेरो भूल । उही, उही पात्र मात्र राष्ट्रपति पदमा, प्रज्ञामा कुलपति, युवराज खतिवडा, उपेन्द्र कोइराला, पटक पटक सात पटक, कस्तो चटक ! मेरो अहम् र अहंकारले दुई तिहाई खरानी भयो । क्षमा माग्छु सम्पूणर् नेपाली आफन्तहरूसित । वाम एकता अपरिहार्य थियो । अब त हामी सम्पूणर् मिले पनि घण्टीलाई पछार्न सक्दैनौं । रवि लामिछाने विराट युद्धको अर्जुन र हामी कौरव सेना भएकै हो । म राजीनामा दिन्छु ।” एक ग्लास पानी तानेर ओलीजीले पसिना पुछ्नु भयो ।

“आदरणीय सीतापति कमरेड प्रचण्डज्यू, अर्थात् सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नै निर्मम समीक्षा राखिदिन हुन म हार्दिक अनुरोध गर्दछु” प्रोफेसर आजाद । प्रजण्डजीले पुलुक्क शेर खान उर्फ प्राचार्य प्रेम रिमाललाई हेर्नुभयो । आँखा चार भए, दुवै मुस्कुराए, दाहाल उवाच- “मने, म के भनौं । मने के फुटानी गर्ने, भुटानी शरणार्थी भइसकेको म, मने के रिमालजीको कुरा सुन्नुपर्ने थियो…. मने….” बोल्दाबोल्दै डाँको छोडेर रुनुभयो कमरेड । प्रेम रिमाल जुरुक्क उठेर नजिक गइ काखमा लिए । वातावरण अलि भावुक भयो । माधवजी पनि रुनुभयो । उता इन्द्र रेग्मीले आँसु पुछे ।

आधा घण्टामा माहौल शान्त भयो । त्यसपछि नेताजीहरू कोही पनि बोल्न सकेनन् । प्रोफेसर आजादले भानुप्रसाद उपाध्यायलाई मौका दियो । सानो कदको भानु बोल्न थाले, “मैले त उहिल्यै भनेको थिएँ, जे जे भनेको थिएँ, सबै चरितार्थ भयो । कमरेड प्रदीप नेपाललाई पत्र लेखेकै हुँ । उहाँले उत्तर पनि दिनुभएकै हो । अब कुन मुखले राजतन्त्र खराब थियो भन्ने ? के अर्थ भयो त्यत्रो बलिदानको ? अब त म फलानो दलको भन्न पनि लाजैमर्नु भयो । निजी जीवनलाई त्यति महत्व नदिएर समाज सेवामा लागियो, इमान्दार हुनुको मज्जा चाखियो । जे जे हुनुहुन्न भनिन्छ, भित्र भित्र त्यही त्यही हुने रहेछ । जे भन्ने, त्यो नगर्ने, जे गर्ने, त्यो नभन्ने ।….

…कहाँबाट आयो नेताजीहरूको जीवन शैलीमा आमूल परिर्वतन ? महादेवले पठाइदिए १०, २० किलो सुन ? टाटनारायणहरू कसरी लक्ष्मीनारायण बने ? जनता सधैं भेडाबाख्रा हुन्छन् ? अहिलेको जमानामा केही कुरा गोप्य रहनसक्छ ? कमरेड ओलीजी, यही दिन देखाउन उखान सुनाएर हामीलाई मूर्ख बनाउनुभएको ? के भन्नु छ र ? पहिला होश आएन, अब रवि लामिछाने र स्वणर्िम वाग्लेहरूलाई देश जिम्मा लगाए हुन्छ । प्रजण्डजी पनि मेरो मित्र आजादको गजल, कविता र जोकहरू सुनेर बस्नुभए हुन्छ । जय नेपाल !”

भानुपछि बोल्न भनेर रमाकान्त सापकोटालाई इसारा गर्‍यो प्रोफेसर आजादले । सापकोटाजीले टाउकोले संकेत गर्नुभयो प्रेम रिमालतिर । रिमाल बिस्तारै ताते, “अरे माइकालालहरू, कति गाली गर्नु ? परिवारको पेवा हो दल ? आजका सबै नेताहरूलाई काशी पठाए हुन्छ । कसैको पनि काम छैन । अरे गाँठे रामको मन्दिर बनाएर माक्र्सवाद आउने हो ? अयोध्या अब झापातिर लगे हुन्छ । लेख्दा लेख्दा थाकियो, बोल्दा बोल्दै ६० बर्षकै उमेर ७७ को जस्तो भइयो । उपरदाङ गढी गइयो । धेरै सहियो । चितवनका जनताले न्याय गरे । रविजीलाई पनि खतरा छ । अब हिजोका अवतार पूजारीहरू नै रविलाई अर्घ चढाउन गुग्नेछन् । सही बाटोमा हिंड्न गाह्रो छ । आजाद सर, बरु तपाईंको त्यो गजल, शेखर अस्तित्ववाला गजल, हाम्रा प्रधानमन्त्रीज्यूलाई सुनाउन पाए हुन्थ्यो… ।

फेसबुकमा दुई चार वटा गजलको शेर पोष्ट गरेर यसो के झकाएको मात्रै थिएँ, स्वप्नलोकको यात्रामा पो निस्केको रहेछु । घुराइ निकै चर्किदै गएछ- छेउमा बसेर बत्ती कातिरहेकी सीतालाई असैह्य भएपछि दिउसै पनि कसरी घुर्न सक्या हो भनेर झकझक्याउनु भो । झसङ्ग हुँदै ब्युँझिनुको विकल्पै थिएन । ब्युझिएँ । कहाँ उखाने मास्टर, पूर्व राष्टपति, माकुने र शेर कता मेरो गजल-शेर । विचरा प्रोफेसर जगमोहन त भित्तामा तकिया अड्याएर ठाडै निदाएको पो रहेछ । कठै प्रोफेस जगमोहनको सपना !!

०००
सौराहा, चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे