साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका जिन्दगानी

नजिक नजिकबाटै वृद्धका दुःख देखें सकस रुमलिएका शब्दले काव्य लेखें घरिघरि सब लेखून् वृद्ध गाथा कहानी सुखमय अब बनोस् वृद्धका जिन्दगानी ॥

Nepal Telecom ad

न त महसुस गर्छन् रोग लाग्दा थकानी
पुलकित मन पार्दै निख्रियो त्यो जवानी
सुख र सयल भन्ने अर्थ के हो नबुझ्दै
अनवरत खटेकी हुन् कसैले नसोध्दै ॥

अलिकति पनि एक्लै खान खान्नन् नख्वाई
रमझम अझ के हो खै बुझे आफुलाई
कदम कदम झुल्थ्यो बाध्यता थे अनेक
कठिन कठिन लाग्छन् जिन्दगी एक एक ॥

उकुसमुकुस बढ्छन् अन्त्य सम्झी मलाई
धुरुधुरु मन रोयो सम्झिदा सत्यलाई
सहृदय पनि छैनन् आँशु लाग्छन् मुहान
विरह बहुत बढ्छन् मध्य राती बिहान ॥

कति दशक छ होला आयु पट्यार लाग्दो
नियति पनि सधैं लाग्ने दुखाएर भाग्दो
तनमन सब गल्दै जान्छ व्याथा बढेर
मनुज किन नबुझ्ने वृद्ध बेला पढेर ॥

घरिघरि घर बाटो निहाल्छन् ढुकेर
विगत झलक घुम्छन् याद रुन्छन् लुकेर
सकस पल उनैको याद बढ्छन् सचित्र
सकल समय खर्चे ख्याल गर्दै विचित्र ॥

कपट रहित माया निर्झरीका समान
सलल सलल बग्छन् स्नेहका ती मुहान
जव थकित बनी खोक्छिन् उनी रोग लागी
करकर हुन थाल्यो बाहिरिन्छन् अभागी ॥

नजिक नजिकबाटै वृद्धका दुःख देखें
सकस रुमलिएका शब्दले काव्य लेखें
घरिघरि सब लेखून् वृद्ध गाथा कहानी
सुखमय अब बनोस् वृद्धका जिन्दगानी ॥

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x