साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीपन

टाढा छन् परदेशमा यदि भने राेएर बाेल्छन् बरा तातो पेय दिने नि छैन घरमा सम्झेर भिज्छन् धरा दिन्छाै खै किन वृद्ध काल जनमा सम्झेर बित्छन् दिन दुख्दै लेख्छु कथा छ अन्त्य पलकाे त्यो शान्ति खै भेट्दिन !

Nepal Telecom ad

इन्दिरा प्रयास :

यात्रा जीवनकाे भयो कठिन यो अत्यास लाग्ने दिन
बुझ्दैनन् किन हाे व्यथा जनहरू हेप्छन् अझै खै किन ?
काे गर्ला ममता छ दूर्बल हियाे काम्दै बन्यो अस्थिर
बुढ्याैलीपन याे कथा कहरिलाे बन्दै गयो आखिर !१!

खुट्टा थर्थर गर्दछन् शिशिर झैँ आँख्लाहरू दुख्दछन्
आफ्ना जाे भनियाे सबै सफरमा पालाेपिलाे छुट्दछन्
आफ्नै अङ्गहरू रहेन वशमा नाङ्गो बनाई गए
कालाे केश सबै छ श्वेत गिरि झैँ बेरङ्ग जस्ता भए !२!

खाना खान सकिन्न दाँत मुखका झर्दा भयाे मुस्किल
काम्छन् हात समाउदा सकस भाे कस्तो हुने तग्दिर
बिर्सन्छन् पल जाे थियोे कति मिठाे आफ्ना नचिन्दै रहे
पच्दैनन् सजिलै यता खुराक त्यो भान्सा नमिल्ने भए।३।

बाँचुन्जेल कहाँ मिल्यो सुकुन नै छाेरा र छाेरी भनी
राखेनन् रुपियाँ बुझेर सँगमा दुख्दो छ याे जीवनी
हुन्छन् व्यस्त सधैं अबेर सफरमा फिर्छन् अँध्यारो गरी
यस्तो वृद्ध पला नहाेस् कहर याे एकान्त लुट्नाेस् हरि !४!

टाढा छन् परदेशमा यदि भने राेएर बाेल्छन् बरा
तातो पेय दिने नि छैन घरमा सम्झेर भिज्छन् धरा
दिन्छाै खै किन वृद्ध काल जनमा सम्झेर बित्छन् दिन
दुख्दै लेख्छु कथा छ अन्त्य पलकाे त्यो शान्ति खै भेट्दिन !५!

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x