साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहीं सेतुबाटै कु-नेता घचेटूँ

कलाकार नेता कला छन् अनाैठा यता बाेल्छ कुर्सी उता दुख्छ औँठा धराधाम पुज्ने कुनै पात्र भेटूँ यहीं सेतुबाटै कु-नेता घचेटूँ !!

Nepal Telecom ad

इन्दिरा प्रयास :

तिमी मस्त बस्ने यता सेतु खस्ने
त्यही सेतुमा नै कठै पाल्तु फस्ने
दुख्यो दृष्टि पर्दा कसाेरी म लेखूँ
यहीं सेतुबाटै कु-नेता घचेटूँ !!

तिमी हिँड्न राताे छ कार्पेट साथै
कि ता कल्पनामा बन्यो सेतु आजै
कतै मार्ग छैनन् बन्याे व्यर्थ सेतु
यहीं सेतुबाटै कु-नेता घचेटूँ !!

फकायाै हिजो ती डुली गाउँ बस्ती
छुटे काम धन्दा गरी माेज मस्ती
बन्याै भ्रष्टचारी अझै प्रष्ट देखूँ
यहीं सेतुबाटै कु-नेता घचेटूँ !!

कता सेतु हाल्ने कता मार्ग टाल्ने
बिछट्टै अधर्मी बन्याै के सँगाल्ने
निकम्मा रहेको त्यो मान्छे दपेटूँ
त्यही सेतुबाटै कु-नेता घँचेटूँ !!

कलाकार नेता कला छन् अनाैठा
यता बाेल्छ कुर्सी उता दुख्छ औँठा
धराधाम पुज्ने कुनै पात्र भेटूँ
यहीं सेतुबाटै कु-नेता घचेटूँ !!

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x