साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूल्य

“पहिले मानिस मात्नेगरी पढ्थे र सुरक्षा साथ किताब दराजमा राख्थे । अहिले मात्नेगरी खान्छन् र रक्सी सुरक्षा साथ सिसाको दराजमा देखिनेगरि राख्छन्” भन्दै रक्सी हाँस्यो ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“तिमी कत्ति भाग्यमानी ।” भुइँमा फालिएको पुस्तकले भन्यो ।
“किन आरिस गर्छौ ? पालोको पैँचो त हो नि” रक्सीले भन्यो ।

किताबले मानिसलाई विवेकी बनाउँछ तर रक्सीले विवेकहीन । किताबले सचेत, रक्सीले अचेत, किताबले मार्गदर्शन गर्छ, रक्सीले दिग्भ्रमित, तर पनि मानिस पुस्तक पढ्न भन्दा रक्सी खान चाह राख्छ । त्यति मात्र कहाँ हो र ! किताब फुटपाथबाट आधा मूल्यमा बिक्री हुनथाल्यो तर रक्सी सिसाले सजाएको दराजबाट इज्जत साथ विक्री हुन्छ ।

“मानिसलाई यत्रो गुन लगाएको छु तर मलाई भुइँमा फ्याकेर तिमीलाई सिसाको दराजमा सजाएर राख्छ मान्छे” किताबले आरिसे भावमा दराजतर्फ हेर्दै भन्यो ।

“पहिले मानिस मात्नेगरी पढ्थे र सुरक्षा साथ किताब दराजमा राख्थे । अहिले मात्नेगरी खान्छन् र रक्सी सुरक्षा साथ सिसाको दराजमा देखिनेगरि राख्छन्” भन्दै रक्सी हाँस्यो ।
“अझ भनौँ पहिले किताबको चाह थियो चोरी हुन्थ्यो तर अहिले बरू रक्सी चोरी हुन्छ किताब हुदैन ।”

किताबलाई चित्त बुझेन । उसले फेरी भन्यो- “विद्वान पनि मूर्ख पनि तिमीलाई नै मन पराउँछन् त । किन ?”
रक्सीले भन्यो- “किनकी तिमी सस्तो छौ ।”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x