साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिखालु हुन्छ गोमन

अखाद्य खाद्य खान्छ जो बिमार मारमा पऱ्यो असत्य सत्य चिन्छ जो सदैव बोल्छ त्यो खरो सचित्र चित्र देशको गमेर लेख्छ चेतन अटेर गर्न हुन्न है बिखालु हुन्छ गोमन ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

डसेर शेर मार्दछन् भुजङ्ग जङ्ग छन् फण
निवास वास बस्दछन् अघोर घोर कानन
हराभरा वसुन्धरा फुलेर फूल शोभन
लुकेर धेर डस्छ त्यो बिखालु हुन्छ गोमन ॥१

लुटेर टार टाकुरा कुचाल चाल चल्दछन्
इमान मान सान खै इमानदार गल्दछन्
घुसेर वास वासमा धसे छ दन्त ठोक न
बिघात घात गर्छ त्यो बिखालु हुन्छ गोमन ।।२

विचार चार चाहियो विशिष्ट शिष्ट बन्नुछ
विदेश देशका कला सिकेर धेर गर्नुछ
विभेद भेद त्याग्नमा नवीन छान योजन
सचेत चेतना उठोस् बिखालु हुन्छ गोमन ।।३

अखाद्य खाद्य खान्छ जो बिमार मारमा पऱ्यो
असत्य सत्य चिन्छ जो सदैव बोल्छ त्यो खरो
सचित्र चित्र देशको गमेर लेख्छ चेतन
अटेर गर्न हुन्न है बिखालु हुन्छ गोमन ।।४

नहार तार जिन्दगी उदास दास बन्दछन्
विचित्र चित्र देखियो हिमाल भाल धन्य छन्
सदैव दैवले हऱ्यो सुनिन्छ छुन्छ रोदन
सतर्क तर्कना गरौँ बिखालु हुन्छ गोमन ।।५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x