साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बा’ काव्यांश- (२२)

मान्छे हो भन स्वच्छता दिल हुने बाबा सरी को छ र ? उर्म्याे खल्खल अम्बु यो तनविषे अग्ल्यो असाध्यै डर ॥ छैनन् ज्ञान ममा भएजति सबै निम्जा बनी नासिए । लाग्यो चोट विशाल बज्रसरिको उत्साह जो नासिए ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

जम्मै दास समान छौँ समयका छन् धाक फोस्रा पर ।
उम्दा शान्ति क्रिया र कर्म पथले को राख्न सक्थ्यौँ घर ॥
हे-यौ वाक्गति लुप्त त्यो प्रणयको यो शूल रोपी गयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ॥१९५॥

तिम्रो दृष्टि बनेछ नित्य दृढ त्यो फिर्दै नफिर्ने किन ?
काला छन् सब कर्म यो समयमा राम्रा हराए किन ?
यस्ता हाल सबै म लेख्नु कसरी अल्पेर टाढा भयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ॥१९६॥

मर्दा प्राण कता रहन्छ जनको, को सक्छ यो भन्न र ?
व्यर्थै बन्छ मनुष्य बुझ्झक बडो हो धाक खोक्रो तर ॥
कोही दर्शक छैन देख्छ कसले अल्पेर एक्लै गयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ॥१९७॥

पर्छन् कष्ट जहाँ त्यहीँ मनुजको हो जाँच गर्ने घर ।
अज्ञानीपन व्याप्त छन् भुवनमा के पर्नु मैले भर ?
होलान् ईश कतै थियो मगजमा गाढा बनेको तर ।
मेरा ईश लुटेर हाँस्दछ उही रित्तो बनाई घर ॥१९८॥

फुल्थे फूलसमान दिव्य दिलमा नौला मिठा चिन्तन।
आफू रुग्ण बनेर गेह थलिएँ छन् अश्रु दैनन्दिन ॥
मात्रै शोक निराश भर्छ मनमा उत्साह भाग्यो गयो।
उठ्ने तागत छैन हुन्न अब क्यै मात्रै बिलौना छ यो ॥१९९॥

मान्छे हो भन स्वच्छता दिल हुने बाबा सरी को छ र ?
उर्म्याे खल्खल अम्बु यो तनविषे अग्ल्यो असाध्यै डर ॥
छैनन् ज्ञान ममा भएजति सबै निम्जा बनी नासिए ।
लाग्यो चोट विशाल बज्रसरिको उत्साह जो नासिए ॥२००॥

आऊन् काम नयाँ विचार पथमा धक्का भएको किन ?
यस्ता ताप र दर्दमा मनुज होस् को सक्छ ऊर्जा लिन ?
नौला कर्म छँदा बुबा सहजले भन्थे यता यो गर ।
आयो यो अवहाल कष्ट छ बडो घट्दैन चिन्ता दर ॥२०१॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
विगत‌कै छ सिको अझ वृद्धको

विगत‌कै छ सिको अझ...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

दीनानाथ पाेखरेल
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x