बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

‘बुद्धिपुराण’ का अध्यायहरूको अध्ययन

बोल्दै नबोल्ने मित्र पनि यो चढाएपछि फुर्ति देखिने जति गियर बढायो त्यति कुद्ने यसको विशेषता । खाएपछि यसले गर्ने असर र अपमान पनि देखाएर हर्काउने कामसमेत भेटियो ।

Nepal Telecom Spring Offer

हास्यव्यङ्यकार राजकुमार लामिछाने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष र बुढ्यौली साहित्य समाज हेटौंडाका सचिव हुनुहुन्छ । ‘पुतलाको पावर’ले उहाँँलाई अर्को कीर्ति ननिकाली बस्नै नदिएपछि उहाँ पनि के कम, यो ‘बुद्धिपुराण’ लेख्न तम्सिनु भएछ र आफ्नो शील्प भरमग्दुर लाजनमानी देखाउनु भएको छ । यस कृतिमा यसो चियाउँदा जे देखेँ धक नमानी बिस्कुन सुकाएझैँ फिजाउनतिर लागेको छु ।

सुरुमै उहाँले विदेशबाट प्यारी प्रेमकुमारीलाई पत्रको झटारो हानेर आफ्नो पसिनाको रेमिट्यान्सले तिमीहरू र देशलाई बचाएका छौँ भनेर फुर्ती लगाएकोचाहिँ मलाई पनि हो नै जस्तो लाग्यो । किनकि यहाँको अन्य स्रोत मागेको भाँडो उत्तानो परिसकेको छर्लङ्गै छ । त्यसपछि उहाँले कोरोना कहरको थाङ्नेव्यथा खन्याइदिनु भएको छ हाम्रो टाउकोमा ।
दोस्रो सर्गमा ‘शौचालयको शिलान्यास’मा बडो गम्भीर र जिम्मेवार हुँदै मन्त्रीहरू र पार्टीका नेताहरूबाट गराइएको परिदृश्य रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ । आफ्नै असी वर्षका हजुरबाले बोकेको भारी, खाएको घिउ र मासु अनि त्यागेको मलको वणर्न मीठो गरी प्रस्तुत गर्न छोड्नु भएको छैन ।

तेस्रो अध्यायमा चियाको चर्तीकलामा चिनीमायाको चिया पसल पुग्नुहुन्छ उहाँ । चियाका लत बसेकाहरूका घरमा राती एक बजे पनि चिया पाकेको जनाउ पाउनुहुन्छ । ‘च’ को राम्रो प्रयोग गर्दै चिया गफबाट देशमा भएको राजनीति र लेनदेनका विषयमा जानकारी पाइने चियाको राम्रो प्रशंसक बन्नुहुन्छ लेखक । चिया पनि कति थरीथरीका मटका चिया, प्लास्टिक चिया, सख्खर चिया, खरानी चिया, फर्सीझोले चिया, फिक्का वा सर्वत चिया, चिलिमे चिया, चकलेटी चिया, बेस्वादी चिया, पोके चिया, अग्र्यानिक चिया बाफरे !!! चियाका विशेषता सकेपछि लेखकले बेस्वादी चिया खाए पनि म भने खरानी चिया खाने थिएँ । पेटाँ भएका किरा मार्न ।

चौथो खण्डमा भगवान्को भर भन्दै पण्डितको भागवत व्याख्याभन्दा कम छैन व्याख्या । तर भगवान्सँग भरोसा
राखेर मन्दिर धाउनेले भगवान्को मूर्तिसँग आमुन्नेसामुन्ने परेर हेराहेर गर्नुभन्दा बढी हात के लाग्छ र भनी आफ्नो र अरूको व्यथा सुनाउनु हुन्छ लेखक । कलात्मक ढङ्गको सरल वाक्यको प्रयोगले मिठो बनाइएको छ हरेक प्रशङ्ग ।

अर्को पाँचौ भागमा ‘को ठुलो’ भनी राखिएको शीर्षकमा महादेवले बडो चलाखीपूर्वक आफ्नो लिङ्गको फेद र टुप्पो पत्तो लगाउन लिङ्ग तेस्र्याएपछि कुदेका ब्रह्मा र विष्णु गलेर आए र पत्तो नलगाएको कुरा भन्न थालेपछि को ठुलो रहेछ जाओ अब भनी पठाएजस्तै अहिलेको गणतन्त्रका राजाहरूको राजनीति खितातानी र भागबन्डाको कुरामा छेडछाड गर्न भ्याउनु भएको छ ।

गफको गुजुल्टोचैँ पढ्दापढ्दै निन्द्रा लागेर हैरान भएँ । तर पनि लेखकलाई कसरी धन्यवाद दिऊँ भनेर शब्द खोज्दै दिन ढल्यो । अनि यसो सम्झेँ वास्तवमा यस्तो रोगले हामी कसैलाई च्यापेको त छैन ?

‘चिप्लेटी सहिद’ रोचक छ । वास्तवमा समाजमा देखिएको गणतन्त्रको रोग यही त हो नि । यहाँ छाडातन्त्रले कुर्सीलाई समातेको छ अनि सबै त्यसैको वरिपरि पालैपालो बसेर मनपरि गरिरहेका छन् ।

‘कानको करामत’ पढेपछि र वर्गीकरण थाहा पाएपछि अनि यसको उपादेयता बुझेपछि कानको सुरक्षा राम्ररी गर्नुपर्दोरहेछ भनी ज्ञानबोध हुन्छ । अझ विदेशमा गएर कान फुकीमाग्ने र स्वदेशसम्म बोलाएर नेताहरूका कान फुकिँदाको अवस्थाको बारे मिठो चर्चा छ ।

‘चाडबाडको चटारोमा’ राम्रो झटारो हानिएको छ लेखकद्वारा यहाँ । हाम्रो संस्कृतिले गलत बाटो नरोजोस् र सानोतिनो आम्दानी भएकाहरूलाई बोझ नबनोस् चाडबाड भनी सचेत हुनुहुन्छ लेखक ।

‘बुद्धिपुराण’ को अर्को र विशेष महत्व बोकेको शीर्षक हो । यहाँ केखकले बुद्धिको व्याख्या दुई जीबीदेखि ६४ जीबीसम्म पुर्‍याएर बुद्धिजीवीका अनेकौँ रोचक वर्गीकरण गर्न भ्याउनु भएको छ र कुन बुद्धिजीवीले कतिसम्म हर्कत गर्छ भनी हामीलाई राम्ररी अल्मल्याउनु भएको छ । अल्मलिन योग्य हुन्छौँ हामी । हात्ती, गैँडा, घोडा, गधा, गोरु, बफेल्लो, पट्टु कुखुरे, झिँगे, कुरौटे, चमेरे, फेसबुके बुद्धिजीवीमा तपाईं हामी धेरै यसैभित्र कैद हुन पुग्छौँ । यो शीर्षकबाट नै पुस्तकको जन्म भएकाले यसको छुट्टै महत्व हुनु स्वाभाविक छ । यी विविधखाले बुद्धिजीवीले कसरी देशलाई धमिरो बनेर खाँदैछन् राम्ररी विश्लेषण गरिएको पाइन्छ ।

‘मेरा मित्रहरू’ शीर्षकमा कस्तो अवस्थामा हुँदा कस्तो काम गर्नुपर्ने र गर्नु नहुने र कति हदसम्म मानिसले गति छाड्छन् भन्ने विषयमा खोजी गरिएको छ । जे होस् यसबाट पनि समाजमा हुने विकृति उजागर भएको छ ।

‘होलसेल शास्त्र’मा ज्योतिषीसँगको आफ्नो संवाद, ज्योतिषीको मेलो त्यसले पार्ने भावनात्मक असर र वास्तविकताका बारेमा राम्रोसँग केलाइएको छ । राजनैतिक धार्मिक आर्थिक सांस्कृतिकदेखि मायाप्रीति र झैझगडा अनि दुश्मनसमेतलाई तह लगाउन समेतका काममा ज्योतिषीको भर पर्ने हाम्रो समाज र ज्योतिषीको आफ्नै भविष्य कता जाँदै छ पत्तो नरहेको अवस्थाको राम्रो कटाक्ष छ यहाँ ।

‘लामखुट्टे विकास मन्त्री झोलमा..‘ अर्को नुन लागेको शीर्षक हो । कसैलाई डस्नुछ, सिध्याउनुछ भने किन पछाडिबाट घोच्नु बाजा बजाउँदै जनाउ दिएर अगाडि नै हान्दा नै ठिक भन्दै लामखुट्टेको समर्थन छ यहांँ । अनि अरू ताल न बेतालका मन्त्रालय थपेर आफ्ना कार्यकर्ता पोस्नेहरूलाई अझै लामखुट्टे मन्त्रालय पनि थपेर कार्यकर्ता भर्ती गर भनेर चुनौती दिइएको छ ।

‘छामछुम’ भन्ने अर्को पाठमा चोर र पाकेटमारको छामछुम, महिलामाथिको छामछुम, डाक्टरको छामछुम, तलब आएको बेलामा श्रीमतीले गोजीको छामछुम, राजनीति गर्नेहरूले राज्यकोषको छामछुम आदि विषयमा छामछुमको रहस्य खोलिदिनु भएको छ लेखकले ।

‘लेदर क्यापको विवेचना’ गर्दै नेपालीको पहिचान बोकेका विविध टोपीहरूको व्याख्या गर्दै टोपी लाएर राष्ट्रलाई नै धरापमा पारेर अनेक सन्धि सम्झौता गर्ने नेताहरूलाई दरो पाठ सिकाइएको छ यो अध्यायमा ।

‘हिसाब दाह्रीको’ शीर्षकमा दाह्रीको महत्व, आवश्यकता, वर्गीकरण आदिको बारेमा लेखिए पनि खासगरी दाह्री काट्ता लाग्ने समय अन्य सकारात्मक कार्यमा लगाउन सकिएको र सैलुनमा तिरेको एकमुष्ट रकम उद्योग आदिमा लगाउन पाएको भए देश समुन्नत बन्ने थियो भनी बलियो तर्क सारिएको छ ।

‘शक्ति जलको’ पनि वैज्ञानिक तर्क छ । जोस आउने पार्टीदेखि सेमिनार बैठकमा प्रवेश गराउँदा ठुलाठुला काम बन्ने, चुनावमा र आन्दोलनहरूमा प्रवेश गराउँदा काम फत्ते हुने । बोल्दै नबोल्ने मित्र पनि यो चढाएपछि फुर्ति देखिने जति गियर बढायो त्यति कुद्ने यसको विशेषता । खाएपछि यसले गर्ने असर र अपमान पनि देखाएर हर्काउने कामसमेत भेटियो ।

‘पुरस्कारको पगरी’ पढ्दापढ्दै आफैमा दिक्क लागेर आयो । जसले राम्रो काम गर्छन् उनीहरूले दण्ड पाउने र जो ठग बदमास हुन्छन् उनीहरूले पुरस्कार पाउने विडम्बनाले गर्दा पुरस्कारको अपमानमात्र हैन बदनाम पनि भएको यथार्थ छ यो शीर्षकमा ।

‘हाड नभएको जिब्रो’को प्रसङ्ग कोट्याउँदै जिब्रोले गर्दा नहुने काम हुने, नगर्ने काम गर्ने, हुने काम बिगार्ने नानाभाँती खेल खेल्ने, कहिले आकाश कहिले पाताल देखाउने जिब्रो हो भन्दै यसलाई पनि भागभागमा छुट्याएको पाइयो ।

‘दरको रहर’ साँच्चै यथार्थ प्रस्तुत भएको छ । वर्षभरि दर खानेहरू र वर्षमा एकदिन खान नपाउनेहरूको चित्रण अनि एकदिनको सट्टा महिनौँ पार्टीप्यालेस र रेस्टुरेन्टमा झुम्नेहरूले सर्वसाधारणलाई कस्तो समस्या बनाएका छन् भन्ने विषयमा कसले सोचेका होलान् भनी चिन्ता व्यक्त छ यसमा ।

समग्रमा जम्मा २० शीर्षकमा ११५ पेजमा आवद्ध यो ‘बुद्धिपुराण’ एकपटक पढ्नैपर्ने सामग्री हो । लेखक राजकुमार लामिछानेका यस्ता अन्य कृति पनि फटाफट आउन् । व्याकरण र भाषागत रूपमा पनि कतै खोट लाउने ठाउँ नपाउँदा गाली गर्न मौका नै परेन । यो कृतिले सफलता पाओस् शुभकामना !!

०००
अध्यक्ष, भक्तपुर बुढ्यौली साहित्य समाज

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
वृद्ध

वृद्ध

कविराज घिमिरे
होली

होली

कविराज घिमिरे
वृद्ध

वृद्ध

कविराज घिमिरे