दमक, झापा निवासी प्रह्लादभक्ति दहाल र डम्बरकुमारी दहालका सुपुत्र बिन्दुप्रसाद दहालको जन्म २०२३-१-२३ गते भएको हो । बिन्दु दहाल ‘मूकदर्शक’ को नामले परिचित दाहाल शिक्षण पेसामा संलग्न हुनुहुन्छ । उहाँले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । छन्द कवितामा विशेष रुचि राख्नु हुने दहालका ‘मूल्याङ्कन’ कथासङ्ग्रह (२०६९), ‘घाइते युग’ हाइकुसङ्ग्रह (२०७२), ‘आँखामा सपन’ा छन्द कवितासङ्ग्रह (२०७५), ‘रङ्गतरङ्ग’ खण्डकाव्य (२०७७), ‘सूक्तिमय काव्य’ (२०७८) र ‘अन्तर्बोध’ कवितासङ्ग्रह (२०८०) प्रकाशित कृति हुन् । राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता- २०७८ मा द्वितीय पुरस्कार सहित अन्य दर्जन बढी पुरस्कार र सम्मान प्राप्त दहाल साहित्यकला सङ्गम दमकको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
मान्दैन माली धक
पाडो हो तर भन्नुपर्दछ खसी पाडी भए बङ्गुर गिठ्टो हो वनको परन्तु अहिले मान्नै पर्यो अङ्गुर
पुरा पढ्नुहाेस्हाँसेर गङ्गाजल
भैँसीले मुरली बजाउँछ यहाँ राँगो उठी नाच्दछ यो देखी घरको सुशील महँगी खित्का दिई हाँस्दछ लड्छन्
पुरा पढ्नुहाेस्


bindu dahal

























