साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्दैन माली धक

चोर्ने चोरहरू सधैँ मुलुकमा बन्छन् ठुला पण्डित ढोँगी हुन् सब चिन्दछन् तर तिनै बन्छन् महा मण्डित ।

Nepal Telecom ad

पाडो हो तर भन्नुपर्दछ खसी पाडी भए बङ्गुर
गिठ्टो हो वनको परन्तु अहिले मान्नै पर्‍यो अङ्गुर
हेर्दै चिन्छ फलाम देश दुनियाँ भन्छन् हिरा शासक
अर्काको घर पस्न फोर्न जनता मान्दैन माली धक ।

साना छन् खहरे ठुला नदनदी भन्ने दिँदा तालिम
बढ्दैछन् अपवाद यो मुलुकमा दुर्गन्ध कालोत्तिम
चोर्ने चोरहरू सधैँ मुलुकमा बन्छन् ठुला पण्डित
ढोँगी हुन् सब चिन्दछन् तर तिनै बन्छन् महा मण्डित ।

सत्ताको व्यभिचारभित्र दुनियाँ सिन्की बनी बाँच्दछन्
झारी आँसु सधैँ अझै मुलुकमा गोहीहरू हाँस्दछन्
माग्ने जो सुनको कमन्डलु लिई माग्दै छ भिक्षा सधैँ
टालिन्नन् किन प्वाल छिद्र घरका बढ्दै गए झन् अझै ।

हात्ती हो जिउडाल अङ्ग सबले फेर्दैन सासै तर
बस्छन् स्यालहुँडार ढाडशिरमा यस्तो कतै हुन्छ र ?
हेर्दा गोरु हुँदाहुँदै पनि यहाँ ढुङ्ग्रो लिई बस्दछन्
कल्चौँडै नहुँदा सफेद दुधका सिर्का कहाँ खस्दछन् ?

गालीशास्त्र पढेर गाउँ घरमा हल्ला ठुलो गर्दछन्
पी एच् डी यसमै गरी कति जना शिक्षा यही छर्दछन्
छेपारा खजुरा जुनै दल पुगौँ छन् मस्त झन्डामुनि
सारा साधु महन्त बौद्धिकहरू तड्पेर बाँच्छन् जुनी ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x