दमक, झापा निवासी प्रह्लादभक्ति दहाल र डम्बरकुमारी दहालका सुपुत्र बिन्दुप्रसाद दहालको जन्म २०२३-१-२३ गते भएको हो । बिन्दु दहाल ‘मूकदर्शक’ को नामले परिचित दाहाल शिक्षण पेसामा संलग्न हुनुहुन्छ । उहाँले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । छन्द कवितामा विशेष रुचि राख्नु हुने दहालका ‘मूल्याङ्कन’ कथासङ्ग्रह (२०६९), ‘घाइते युग’ हाइकुसङ्ग्रह (२०७२), ‘आँखामा सपन’ा छन्द कवितासङ्ग्रह (२०७५), ‘रङ्गतरङ्ग’ खण्डकाव्य (२०७७), ‘सूक्तिमय काव्य’ (२०७८) र ‘अन्तर्बोध’ कवितासङ्ग्रह (२०८०) प्रकाशित कृति हुन् । राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता- २०७८ मा द्वितीय पुरस्कार सहित अन्य दर्जन बढी पुरस्कार र सम्मान प्राप्त दहाल साहित्यकला सङ्गम दमकको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
छोटा लगाइन् लुगा
मान्छे छिन् कति सुन्दरी सुरसिली बोली मिठो सुन्दछु आँखा नाक चिटिक्क पुष्ट तनकी आहा भनी गुन्दछु
पुरा पढ्नुहाेस्स्वभाव
म जान्ने म बाठो म नै कर्मयोगी म विद्वान् चनाखो अरू तुच्छ जोगी म राम्रो सुमार्गी
पुरा पढ्नुहाेस्पैसा
जब जोडिन्छ पैसामा नाता सम्बन्ध हर्दम उसले भुल्छ आफन्त निणर्य लिन्छ निर्मम । पैसापैसा भनी पैसा
पुरा पढ्नुहाेस्म को हुँ ?
म धान खर्ब खर्बको विदेशबाट ल्याउँछु म दाल तेल वस्त्र यी विदेशकै मगाउँछु युवाहरू स्वदेशका प्रवासतर्फ
पुरा पढ्नुहाेस्राता भाले
राता भाले वरपर कुदी गर्न थाले तमासा यस्तो देखी सुजन सबमा बढ्न थाल्यो निराशा हेर्दाहेर्दै गतिमति
पुरा पढ्नुहाेस्के छैनन् नेपालमा ?
काला सर्प ठुटा दुरुस्त खजुरा लार्भा र बिच्छी सिपी घोर्ले स्याल हुँडार नाग भुसुना चुस्छन् चुसाहा
पुरा पढ्नुहाेस्मान्दैन माली धक
पाडो हो तर भन्नुपर्दछ खसी पाडी भए बङ्गुर गिठ्टो हो वनको परन्तु अहिले मान्नै पर्यो अङ्गुर
पुरा पढ्नुहाेस्हाँसेर गङ्गाजल
भैँसीले मुरली बजाउँछ यहाँ राँगो उठी नाच्दछ यो देखी घरको सुशील महँगी खित्का दिई हाँस्दछ लड्छन्
पुरा पढ्नुहाेस्

bindu dahal
























