साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के छैनन् नेपालमा ?

रित्तो घार कठै भरिन्छ कसरी मौरी भगाएपछि ? को बाँच्ला र थुनेर द्वार घरका आगो लगाएपछि ?

Nepal Telecom ad

काला सर्प ठुटा दुरुस्त खजुरा लार्भा र बिच्छी सिपी
घोर्ले स्याल हुँडार नाग भुसुना चुस्छन् चुसाहा बिकी
थुप्रै छ्न् चितुवा बसेर घरमा कोठा चहार्ने पसी
नाङ्गा भिल्लहरू मुसा अरिमठे छ्न् बाजका जासुसी ।

साँढे गिद्द गधा अजिङ्गरहरू हाब्रे पँधेरा पनि
गोही हुच्चिल फ्याउरा सलह छ्न् भोका अरिङ्गाल नि
छ्न् लार्भा धमिरा यही मुलुकमा गन्धे छुचुन्द्रा पनि
लोखर्के वनका र बाँदरहरू अर्ना र साँढे अनि ।

छ्न् भ्यात्लुङ् कति हो असङ्ख्य घरमै ढाडे बिराला यहाँ
भुस्याहा मनका कठै कुकुर यी पाइन्छ खोज्दा कहाँ ?
जुम्रा छ्न् मसिना लिखा कति यहाँ ढाडी तथा चम्कना ?
दुम्सी डेडु झिँगा खराब गुणका बढ्ने छ सम्भावना ।

लाम्खुट्टे अनि सिंह भालु थलका उड्ने चमेराहरू
शङ्खेकीट घुँगी अनेक कमिला रोटे र ब्याँगे अरू
छेपारा झुसिले करेट अझ छन् किथ्रा फट्याङ्ग्रा भुरा
किर्ना डम्म भए अझै उडुस यी छ्न् जालमा माकुरा ।

यी मौरी घरका उपेक्षित हुँदा उड्दै प्रवासी भए
सम्झी घार रुँदै रुँदै विकलभै अन्यत्र टाढा गए
रित्तो घार कठै भरिन्छ कसरी मौरी भगाएपछि ?
को बाँच्ला र थुनेर द्वार घरका आगो लगाएपछि ?

दमक- ८, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x