साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राता भाले

गाली गर्छन् अपजस दिई नित्य सत्तोसराप लाई आगो घर पनि सके जीर्ण पारे धराप । हाटा गर्छन् सदन नबसी ठुङ्न जान्छन् भकारी भाग्दैनन् यी सितिमिति कुनै क्षीण बोली हकारी ।

Nepal Telecom ad

राता भाले वरपर कुदी गर्न थाले तमासा
यस्तो देखी सुजन सबमा बढ्न थाल्यो निराशा
हेर्दाहेर्दै गतिमति कठै स्वार्थमा फाल्न थाले
झालेमाले रङबिरङका लड्दछन् थुक्क ! साले ।

आफैँ मात्रै दिनहुँ कुखुरी काँ गरूँ भन्दछन् यी
आफैँ मात्रै खुपुखुपु सधैँ आँ गरूँ भन्दछ्न् यी
नङ्ग्रा गाड्छ्न् हतपत धुरी चड्दछ्न् खानलाई
ढुक्छन् भाले सतत रुपियाँ जेपमा हाल्नलाई ।

बास्छन् उल्टो किनकिन त्यसै साँझ पर्नै हुँदैन
आफ्नै साथी नजिक तिनका माझ पर्नै हुँदैन
गाली गर्छन् अपजस दिई नित्य सत्तोसराप
लाई आगो घर पनि सके जीर्ण पारे धराप ।

पोथी देख्दा खुरुखुरु कुनै चढ्छ लाजै नमानी
अल्छे छन् यी हरपल ठगी बास्न छोडे बिहानी
भाले पाल्ने रहर मनको मार्न थाले सबैले
बेचौँ भन्दा पनि सहजले बिक्न छोडे त्यसैले ।

हाटा गर्छन् सदन नबसी ठुङ्न जान्छन् भकारी
भाग्दैनन् यी सितिमिति कुनै क्षीण बोली हकारी
आफ्नाआफ्नै लहड यिनका झुन्ड हुन्छन् ससाना
प्रायः खान्छन् रुस र चिनियाँ देशको मिष्ठ दाना ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x