साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको मन

उनका नातिनातिना भैसकेका छ्न् रे ! उनी भन्छिन् - मैले ३० वर्ष मिहेनत गरि हुर्काएको छोरालाई तीन महिनामै बुहारीले चिलले चल्ला टिपेझैँगरि विदेश पुर्‍याई।

Nepal Telecom ad

आर.सी. रिजाल :

झुमा हो नाम । विवाह भएको १० महिनामा उनको लोग्ने गाडी दुर्घटनामा बित्छ्। त्यसको दुई महिनापछि छोरो जन्मिछ। गरिबीले ब्याप्त घर र माइतीबाट आर्थिक सहयोगको कल्पना गर्न सक्तिनथिन्।

संघर्ष गरेर छोरा पढाइन्। तर अहिले उनको बृध्दाश्रममा बास छ। आश्रमवासीबारे विद्यावारिधि गर्न लागेकी एक छात्रालाई उनको संघर्षशील जीवनले यस्तरी तान्छ कि उनले विद्यावारिधिलाई पछाडि सारेर झुमाको जीवनको सत्यघटनामा आधारित उपन्यास लेख्न आश्रममै बस्छिन् ।

झण्डै एकवर्षमा उपन्यास तयार हुन्छ। उपन्यासमा झुमाले पासो लगाई मर्नखोज्दा छोरालाई संझेकी, छोरा बिमारी हुँदा बिताएकी अनिदो रातहरु, व्यवहार धान्न र छोरो पढाउन रगत बेचेकी। २/३ घरमा भाँडामाज्ने काम गरेकी, कयौं पटक बेहोसभै ढलेकी, यौनपिपासुको पन्जाबाट उम्किएकी, छोराको भविश्यको लागि आफ्नो एउटा किड्नी बेचेकी र यसबारे छोरालाई जानकारी नदिएकी आदि दर्दनाक घटनाका वर्णन छ्न्।

कयौं पाठकको हृदय विक्षप्त भै उपन्यास पढ्न नसकेका, कत्तिले दिनको ३/४ पेजभन्दा बढी पढ्न सकस भएको । अनि एकवर्षमै उपन्यासको तीन संस्करण निस्कनुका साथै विदेशी भाषाहरुमा पनि अनुवाद हुँदै गएको, सम्मान प्राप्त हुँदै गएको र अझ फिल्म निर्माण हुनलागेको कारण सञ्चार माध्यममा अन्तरवार्ता दिन झुमालाई भ्याइनभ्याई जस्तै छ।

उनका नातिनातिना भैसकेका छ्न् रे ! उनी भन्छिन् – मैले ३० वर्ष मिहेनत गरि हुर्काएको छोरालाई तीन महिनामै बुहारीले चिलले चल्ला टिपेझैँगरि विदेश पुर्‍याई। आज म यो अवस्थामा पुग्नुको जस छोरालाई दिइनँ भने पाप लाग्छ। र यो उपन्यास लेखाउनुको मुल धोको म जस्तै बिसन्चो आमाहरूको मन सन्चो तुल्याउन हो।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x