साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिउँदो इतिहास

"हामीलाई काम छउन्जेल भाँडो, काम सकियो ठाँडो" जस्तो नआँक। हामी त ज्ञान, सीप र अनुभवले खारिएका "जिउँदो इतिहास" हौँ। हामीबाट कति धुत्न सक्छौ धुत।

Nepal Telecom ad

आर. सी. रिजाल :

ए बाउ ! जाबो पानीको गिलास समाउन नसकी ओछ्यानमा पोख्यौ हैन ?

बाउ – बुढा र बालक उस्तै हुन्छन् ।त्यसै नझर्कि न बाबू !

छोरा – ऎले उस्तै भन्नूहुन्छ। म बालक छँदा अङ्खरा हातबाट खस्दा तपाईंले – ए घिच्नाको काल तेरो पाखुरामा मासी छैन कि क्या हो भन्दै गाला चट्काएको बिर्सनु भयो।

बाउ – ल सुन! बालक हुर्कदै युवा, प्रौढ अनि बूढो हुन्छ। बुढोपछि बढ्ने अर्को तह छैन् । मांसपेशी सिथिलभै, शरीर कमजोर हुँदै जान्छ अनि हलचल गराउन पर्ने मुढा झैँ होइन्छ ।केटाकेटी भने उमेरीदै जान्छन्। सोही अनुपातमा हड्डी र मांसपेशी दरिलो र कसिलो हुँदै जान्छ। सिक्ने उमेर भएकोले अग्रजको हकारबाट बच्न सजग हुँदै जान्छन्।

छोरा – त्यसो भए तपाईंहरु हसुर्ने अनि ट्याउट्याउ कराएर थच्चिने मात्र।

बाउ – “हामीलाई काम छउन्जेल भाँडो, काम सकियो ठाँडो” जस्तो नआँक। हामी त ज्ञान, सीप र अनुभवले खारिएका “जिउँदो इतिहास” हौँ। हामीबाट कति धुत्न सक्छौ धुत।

000
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x