साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको काख

म जिउँदो छँदै छोराको लास हेर्न सक्तिनँ । एउटा किड्नी दिनेशलाई दिन्छु भनिन्। यसमा परिवारका सदस्य कसैले बिरोध गरेनन् ।

Nepal Telecom ad

आर. सी. रिजाल :

४० बर्षे दिनेशको दुइटै किड्नीले कामगर्न छाडेको ६ महिना भयो। अरुको किड्नी खरिद गरेर फेर्न आर्थिक स्थिती कमजोर छ। फेर्न झण्डै करोड खर्च गर्नुपर्ने कुरा परिवारमा गरेको सुन्छ। बिरामीले सोचेको छ- श्रीमति ,दाजुभाइ,दिदीबहिनीहरु छ्न्। तर यिनिहरु किनअरुको किड्नी किन्ने कुरामात्र गर्छन्। मानिसको शरीरमा एउटै किड्नीले पनि काम चल्छ भनेको सुनेको छु।

सबभन्दा बढी चिन्ता आमालाई भएको छ। आमाले घुमाउरो पाराले परिवारका एकएक सदस्यसंग सोधेकी हुन्छिन् ।सङ्गै मर्ने सङ्गै बाँच्ने कसम खाएर प्रेम विवाह गरेकी बुहारीले- मलाई केही भयो भने बच्चाले दुख पाउँछ ।म त दिन शक्तिनँ भनिन् । अरु सदस्यले केही न केही बाहना गरेर पन्छिए।

आमाले सम्पत्ति बेच्ने कुरा गरिन् । कसैले स्वीकृत दिएनन् । एकदिन उनले- मेरो मन मान्दै मान्दैन। हामी आमाछोरा जति बाँच्न सक्छौं बाँचौला । म जिउँदो छँदै छोराको लास हेर्न सक्तिनँ । एउटा किड्नी दिनेशलाई दिन्छु भनिन्। यसमा परिवारका सदस्य कसैले बिरोध गरेनन् । आमाको निर्णय सुनेपछि दिनेशले मनमनै-  “अरुको लाख आमाको काख” भन्ने भनाइ सम्झन्छ।

ऎले पाँचबर्ष पुग्यो। आमाछोरा दुबैको जिन्दगी चलिरहेछ ।

०००
मकवापुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x