साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फक्रेको जवानी

हे ! चाञ्चल्य नवीनता मधुरता सौन्दर्यका सम्पदा तिम्रा मार्ग समाप्त खोज्दछु उता फक्रे जवानी यता ।

Nepal Telecom ad

हेर्छन् स्वागतका न अन्य चुचुरा मात्रै पुराना कुरा
आद्योपान्त नयाँ न पात मुजुरा जीवन्तका आँकुरा
के देखे कि त गद्य पद्य झगडा हेरेर को को भुले
केमा व्यस्त थियो उता तर यता धेरै जवानी फुले ।

तिम्रो प्रीत छ आँप बेल तुलसी ऐसेलुका पातमा
के मध्यान्ह बिहान साँझ जहिल्यै जिस्क्याउँछौ रातमा
हे ! चाञ्चल्य नवीनता मधुरता सौन्दर्यका सम्पदा
तिम्रा मार्ग समाप्त खोज्दछु उता फक्रे जवानी यता ।

लाग्यो दुःख रुँदै रुँदै अघि बढे फर्केर खै हेरिनँ
टाढासम्म पिछा गरेँ तर उसै फर्केँ कतै देखिन्नँ
गुञ्जिन्थ्यो पथमा अपूर्व लयको सङ्गीत झङ्कारको
लागे खै कुन छन्दको रस लिँदै बाटो अलङ्कारको ।

तिम्रा छन्द छचल्किँदै छमछमी नाच्दै बगेका दिन
आयौ फ्याट्ट तुरुन्त बास नबसी जाँदा दुखेथ्यो मन
कस्तो भाव भरौँ म आज कविता लेख्ने थिएँ कञ्चन
कस्तो मार्ग हिँडाउँदा अति खुशी हुन्थ्यौ तिमी नै भन ।

हाल्दै छाँद छुटे बनेर छहरा फर्किन्छ कैल्यै अब
तिम्रा भाव सजाउने मुटुहरू गाँठो परे हुन् अब
खोज्यौँ आज उदारता सरलता तालित्य गम्भीरता
के देख्यो रमणीयता निपूणता के छन् कला सभ्यता ।

तिम्रा भावुकता तथा गहनता झन् योग्यता दक्षता
न्यानो कोमलता तथा सफलता छन् दिव्यता भव्यता
हेर्‍यो भाव अखण्डता न कटुता सम्बन्ध आत्मीयता
कस्तो आज विचित्र लेख्नु कविता नाघेर स्वाधीनता ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हतार

हतार

बलराम दाहाल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x