साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हतार

हेर्दा हेर्दै प्रकृति सकियो दोष मान्छे लिंदैन मान्छेभित्रै कति विकृति छन् होसमा आउँदैन गर्नै बाँकी अझ कति छ यो सभ्यताको पार मान्छेलाई दिनदिन सधै कामको नै हतार ।

Nepal Telecom ad

ओछ्याए हृदयतलमा सम्झनाको गलैँचा
गोडदै आए प्रकृति रसिलो सभ्यताको बगैँचा
माली आफै कति दिन बसूँ बस्न को छन् तयार
मान्छेलाई दिन दिनै सधैं कामको नै हतार

आफूभित्र कति प्रकृतिका गीत छन् आसपास
देखने आँखा कलुषित हुँदा जन्मिए कालिदास
आफूभित्रै तरुणतपसि ठिङ्ग छन् बारबार
मान्छेलाई दिन दिनै सधै कामको नै हतार

केही खोलून प्रकृति ऋतुको प्यास मेट्नेहरूले
केही बोलून प्रकृति वनमा व्यास भेट्नेहरूले
बोक्नेले नै किन किन यहाँ बोक्न जान्दैन भार
मान्छेलाई दिन दिनै सधै कामको नै हतार

आफैलाई अब काँत चिन्यो चिन्न बाँकी असार
रोप्ने छन् ती कवि हृदयमा सिर्जना छन् अपार
अग्ला अग्ला कवि हिमचुली चढ्न को छन् तयार
मान्छेलाई दिन दिनै सधैं कामको नै हतार

हेर्दा हेर्दै प्रकृति सकियो दोष मान्छे लिंदैन
मान्छेभित्रै कति विकृति छन् होसमा आउँदैन
गर्नै बाँकी अझ कति छ यो सभ्यताको पार
मान्छेलाई दिनदिन सधै कामको नै हतार ।

०००
भक्तपुर, नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फक्रेको जवानी

फक्रेको जवानी

बलराम दाहाल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x