बलराम दाहालहतार
हेर्दा हेर्दै प्रकृति सकियो दोष मान्छे लिंदैन मान्छेभित्रै कति विकृति छन् होसमा आउँदैन गर्नै बाँकी अझ कति छ यो सभ्यताको पार मान्छेलाई दिनदिन सधै कामको नै हतार ।
ओछ्याए हृदयतलमा सम्झनाको गलैँचा
गोडदै आए प्रकृति रसिलो सभ्यताको बगैँचा
माली आफै कति दिन बसूँ बस्न को छन् तयार
मान्छेलाई दिन दिनै सधैं कामको नै हतार
आफूभित्र कति प्रकृतिका गीत छन् आसपास
देखने आँखा कलुषित हुँदा जन्मिए कालिदास
आफूभित्रै तरुणतपसि ठिङ्ग छन् बारबार
मान्छेलाई दिन दिनै सधै कामको नै हतार
केही खोलून प्रकृति ऋतुको प्यास मेट्नेहरूले
केही बोलून प्रकृति वनमा व्यास भेट्नेहरूले
बोक्नेले नै किन किन यहाँ बोक्न जान्दैन भार
मान्छेलाई दिन दिनै सधै कामको नै हतार
आफैलाई अब काँत चिन्यो चिन्न बाँकी असार
रोप्ने छन् ती कवि हृदयमा सिर्जना छन् अपार
अग्ला अग्ला कवि हिमचुली चढ्न को छन् तयार
मान्छेलाई दिन दिनै सधैं कामको नै हतार
हेर्दा हेर्दै प्रकृति सकियो दोष मान्छे लिंदैन
मान्छेभित्रै कति विकृति छन् होसमा आउँदैन
गर्नै बाँकी अझ कति छ यो सभ्यताको पार
मान्छेलाई दिनदिन सधै कामको नै हतार ।
०००
भक्तपुर, नेपाल
Subscribe
Login
0 Comments
Oldest





































