साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबाप्रति

अनन्त फर्माइसले सताएँ, रोएँ, रिसाएँ अनि भाउ खाएँ ! होच्याउँथे जो “अपुतो” भनेर, निर्धा, निकम्मा दुहिता गनेर !

Nepal Telecom ad

बाबा म साच्चैँ लघु अंश तिम्रै
माने-नमाने पनि वंश तिम्रै ।

संस्कार तिम्रै, लय, ताल तिम्रै,
जे बोल्छु उस्तै, अनुहार तिम्रै,
उक्लेर तिम्रा दृढ काँधमाथि
अग्लो भएँ कान दुबै समाती ।

संसार जम्मै अनि हेर्न पाएँ,
बाबा-सवारी गतिलै कुदाएँ !
खोसेर खाएँ, अनि पो अघाएँ !
पोखेँ, लडाएँ अनि मुस्कुराएँ !

अनन्त फर्माइसले सताएँ,
रोएँ, रिसाएँ अनि भाउ खाएँ !
होच्याउँथे जो “अपुतो” भनेर,
निर्धा, निकम्मा दुहिता गनेर !

“के काम लाग्छन् भन तुच्छ छोरी ?”
हिंड्यौ कसैका मुखमै नहेरी !
छोरीहरूको छ जहाँ निषेध,
त्यो स्वर्ग पुग्ने दरकार के छ ?

मानूँ व्यवस्था किन पक्षपाती ?
उतै पुगी कानुन फेर्छु साथी !
बर्दान हुन् ईश्वरका मलाई,
यो जिन्दगी सार्थक पार्नलाई !

यी तीन छोरी, अनि काव्य-पाना,
छोडी गएँ, जीवनका खजाना !
तिमी गयौ, ढुक्क भएर हाँसी,
अगाध माया मनभित्र टाँसी !

त्यै सम्झना मात्र छ साथ आज,
श्रद्धा भरी झुक्दछ माथ आज !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x