साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिद्ध

“प्वाख त उम्रिहाल्छन् । उपियाँ खाइसकेपछि उडिने छ आकासमा । अन्तरिक्षमा । मस्ति हुनेछ हाम्रो ।”

Nepal Telecom ad

“उपियाँले पनि हैरान पारे बुढी !”
अग्लो सिमलरुखको टुप्पोमा बसेको लुर्के गिद्धले शरीरभरि चुम्दै बोल्यो ।

“उपियाँ नपरेको भए म कति माथि कावा खाइरहेको हुन्थेँ । तिमीलाई पनि माथि माथि पुर्याइसकेको हुने थिएँ ।”
“गिद्धले अफ्नै शरीरमा ठुँगिरहेको थियो । शरीरबाट रगत बगेको देखिन थाल्यो । बुढी डराएको शैलीमा प्रस्तुत भई- “तिमी नै घाइते भयौ त बुढा । बरू तिनलाई अर्कै खानेकुरा दिउँ ! त्यतै भुल्नेछन् ।”

“यिनलाई ? खाने कुरा ? कोपरेर सक्छु । सबलाई खाइदिन्छु । अनि जानेहो सफरमा । माथिमाथि । तिमी र म मात्र ।”
“गिद्धले शरीरबाट उपियाँ फाल्न खोज्यो । उपियाँ टिप्न खोज्दा आफ्नै प्वाँख टिप्थ्यो र उखेलेर फ्याँक्थ्यो । उपियाँ त फडकेर अर्कोतिर गईहाल्थे । आखिर सबै प्वाँख सकिए ।”

“खुइलो भयौ त बुढा ! अब कसरी उड्ने ?”
“प्वाख त उम्रिहाल्छन् । उपियाँ खाइसकेपछि उडिने छ आकासमा । अन्तरिक्षमा । मस्ति हुनेछ हाम्रो ।”

ऊ दुखाइ खप्न नसकेर टुप्पोबाट चिप्लियो । हाँगाहरूमा ठोक्कियो मात्र । अड्किने प्रयत्न पनि सफल हुन सकेन र धरातलमा पछारियो ।

०७८.१२.२७
आनन्दआश्रम, फापरथुम- स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
अन्तर्घात

अन्तर्घात

त्रिलोचन ढकाल
भोट

भोट

त्रिलोचन ढकाल
निर्वाचन

निर्वाचन

त्रिलोचन ढकाल
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x