गिद्ध
“प्वाख त उम्रिहाल्छन् । उपियाँ खाइसकेपछि उडिने छ आकासमा । अन्तरिक्षमा । मस्ति हुनेछ हाम्रो ।”
“उपियाँले पनि हैरान पारे बुढी !”
अग्लो सिमलरुखको टुप्पोमा बसेको लुर्के गिद्धले शरीरभरि चुम्दै बोल्यो ।
“उपियाँ नपरेको भए म कति माथि कावा खाइरहेको हुन्थेँ । तिमीलाई पनि माथि माथि पुर्याइसकेको हुने थिएँ ।”
“गिद्धले अफ्नै शरीरमा ठुँगिरहेको थियो । शरीरबाट रगत बगेको देखिन थाल्यो । बुढी डराएको शैलीमा प्रस्तुत भई- “तिमी नै घाइते भयौ त बुढा । बरू तिनलाई अर्कै खानेकुरा दिउँ ! त्यतै भुल्नेछन् ।”
“यिनलाई ? खाने कुरा ? कोपरेर सक्छु । सबलाई खाइदिन्छु । अनि जानेहो सफरमा । माथिमाथि । तिमी र म मात्र ।”
“गिद्धले शरीरबाट उपियाँ फाल्न खोज्यो । उपियाँ टिप्न खोज्दा आफ्नै प्वाँख टिप्थ्यो र उखेलेर फ्याँक्थ्यो । उपियाँ त फडकेर अर्कोतिर गईहाल्थे । आखिर सबै प्वाँख सकिए ।”
“खुइलो भयौ त बुढा ! अब कसरी उड्ने ?”
“प्वाख त उम्रिहाल्छन् । उपियाँ खाइसकेपछि उडिने छ आकासमा । अन्तरिक्षमा । मस्ति हुनेछ हाम्रो ।”
ऊ दुखाइ खप्न नसकेर टुप्पोबाट चिप्लियो । हाँगाहरूमा ठोक्कियो मात्र । अड्किने प्रयत्न पनि सफल हुन सकेन र धरातलमा पछारियो ।
०७८.१२.२७
आनन्दआश्रम, फापरथुम- स्याङ्जा