साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्वाचन

“अघिल्लो निर्वाचन प्रचारको क्रममा तपाईले हाम्रो गाउँलाई स्वर्ग बनाईदिन्छु भन्नुभएको थियो । यो त झन् नर्क जस्तो पो हुन लाग्यो ।”

Nepal Telecom ad

परबाट उमेद्वार आउँदै थिए । उनका साथमा गाडीहरू थिए । आँखै तिरमिराउने गरी ध्वजा पताका फहराइरहेका थिए । कानको जाली फुट्ने गरी माइकबाट आवाज घन्किरहेको थियो ।

प्रतीक्षालयमा सुस्ताइरहेका किसानहरूका कानहरू उतातिर पसारिनु स्वाभाविक थियो । उम्मेदवारले जमिनमा पाइला टेकाए । धनुष्टङ्कार आकारमा नमस्कार गर्दै किसानहरूको अगाडि उपस्थित भए-
“हजुरहरूको सेवा गर्न पाउँ हजुर !”

किसानहरूले मुखामुख गर्नुभयो । पालैपालो बोल्नुभयो- “तपाईले यो बाटो एक वर्षभित्र पिच गरिसक्छु भन्नुभएको थियो । आएको रकम अन्तै लैजानुभयो । यहाँ धुलो उडिरहेको छ ।”

“हजुर !”
“खाने पानी मर्मतको निम्ति भनेर आएको रकम उपभोक्तालाई थाहै नदिई आफै खानु भयो ।“
“हजुर !”
“यहाँको खानेपानी छिमेकीलाई बेचिदिनुभयो । यता धानको बिउ राख्न पनि पानी छैन ।”
“हजुर !”
“तपाईले गरिव जनताका छोराछोरीले पढ्ने आधा दर्जन सरकारी स्कुलहरू पनि उडाइदिनुभयो ।”
“हजुर !“
“काठमाडौंमा तीन करोडको घर किन्नुभयो ।”
“हजुर !”
“अघिल्लो निर्वाचन प्रचारको क्रममा तपाईले हाम्रो गाउँलाई स्वर्ग बनाईदिन्छु भन्नुभएको थियो । यो त झन् नर्क जस्तो पो हुन लाग्यो ।”
“हजुर !”

“तर एउटा कुरा सुन्नुहोस् त ! मैले हजुरहरूलाई स्वर्गवासी हुनबाट त बँचाएको छु नि !”

आनन्दआश्रम; फापरथुम, स्याङ्जा
०७९.१.२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्घात

अन्तर्घात

त्रिलोचन ढकाल
भोट

भोट

त्रिलोचन ढकाल
गिद्ध

गिद्ध

त्रिलोचन ढकाल
0
Would love your thoughts, please comment.x
()
x