साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौन अवधिको नमस्कार !

जो भेटे पनि मुसुक्क हाँसेर नमस्कार गर्ने विचरा सोझा र गाेज्याङ्ग्रा तीर्थ दाइको सधैँको बानी थियो यो । मौन अवधिमा उनको यही बानीले दिनु सास्ती दियो कठै !

Nepal Telecom ad

भाउजू बिहानै कङ्कला स्वरले रुँदै आइन् । लौ न बाबु दाइलाई पुलिसले लग्यो भन्दै टोलै थर्काइन् । किन लगेको भाउजू भनेर सोध्दा भाउजूले कारण बताउनै सकिनन् झन् ठूलो स्वरले रोइन् मात्रै ।

एक दुई जना युवा हतारिँदै प्रहरी चौकीतिर लागे । दाइलाई धन्न चौकी भित्रै पुर्याउन भ्याएको रहेनछ । ठाउँ ठाउँमा भरिएको झोला बोकेर कतिपय व्यक्तिहरू घरभित्र खुसुक्क मौनातपूर्वक छिर्दै रित्तो झोला लिएर फर्केको देखिन्थ्यो ।
एक भोटको रु. ४ हजारसम्म दिइएको गाइँगुइँ पनि सुनिँदै थियो । तिनले के गरेको भन्ने प्रहरीले जान्ने कुरै भएन ।
युवाहरूले हवल्दारलाई मूलगेटमै भेटे र त्यो गोज्याङ्ग्रो दाइलाई किन ल्याउनुभयो भनेर सोधे ।

हवल्दार साब अघि सर्दै जबाफ दिए— हेर्नुहोस् हजुर यो मौन अवधिमा उहाँले चुनाव प्रचार गर्नुभयो । युवाहरूले अचम्म मानेर दाइतिर हेरे । राम्ररी बोल्न पनि नजान्ने सोझा दाइ, कुन पार्टीले के गर्छ, कुन नेता कस्तो भन्नेतिर चासो नै नभएका कसरी चुनाव प्रचार गरे होलान् ? अचम्म लाग्यो ।

युवाहरु अचम्म मानेको देखेर हवल्दार साबले स्पष्ट पारे— के गरौँ हजुर, नियम पालन त गर्नै पर्यो । उहाँले बाटामा भेटेका सबै मानिसलाई नमस्कार गर्दै हुनुहुन्थ्यो । हामीलाई पनि नमस्कार गरिहाल्नुभयो । यो त भोट माग्ने नेताकै तरिका भएन र ?

जो भेटे पनि मुसुक्क हाँसेर नमस्कार गर्ने विचरा सोझा र गाेज्याङ्ग्रा तीर्थ दाइको सधैँको बानी थियो यो । मौन अवधिमा उनको यही बानीले पनि दिनु सास्ती दियो कठै !

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
0
Would love your thoughts, please comment.x
()
x