साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट

“म तस्कर होइन । हजुरहरूलाई एउटा एउटा सुनको औंठी लगाईदिउँ भनेर चौविस किलो सुन किनेर ल्याएको थिएँ । एयरपोर्टका प्रहरीले सबै लुटिदियो ।”

Nepal Telecom ad

“ऊ !! कालु जस्तै देखिन्छ त ।”
मतदानको निम्ति छलफल गर्न भेला भएका नागरिकमध्ये एउटाले प्वाक्क बोलिहाले ।

“कैदमा परेको छ भनेको सुनेको थिएँ, यसलाई त ।” अर्काको ओठ हल्लियो ।

कालु नजिकै आइपुग्यो । उसले आफूलाई मतदान गर्न अनुरोध गर्यो ।
भेलाले जिज्ञाशा प्रस्तुत गर्नु अस्वाभाविक भएन-
“हजुर त कैदी हुनुभएको छ भन्थे ।”
“सत्य हो ।”
“उमेद्वार कसरी हुनुभयो त ?”
“गौरवमय पार्टीको विश्वासपात्र भएको हुनाले टिकट पाएको छु ।”
“तपाईं सुन तस्कर पो हो त । भोट किन दिने ?”

“म तस्कर होइन । हजुरहरूलाई एउटा एउटा सुनको औंठी लगाईदिउँ भनेर चौविस किलो सुन किनेर ल्याएको थिएँ । एयरपोर्टका प्रहरीले सबै लुटिदियो ।”

आनन्दआश्रम ; फापरथुम, स्याङ्जा
०७९।२।१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तर्घात

अन्तर्घात

त्रिलोचन ढकाल
निर्वाचन

निर्वाचन

त्रिलोचन ढकाल
गिद्ध

गिद्ध

त्रिलोचन ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x