सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भाषाशास्त्री महानन्द सापकोटाको सम्झना

सापकोटाको १२६ औँ जन्मजयन्तीको सन्दर्भ पारेर शनिबार आयोजित अनेसास संवादको १०१औँ श्रृङ्खलामा सापकोटाप्रति श्रद्धाभाव व्यक्त ।

Nepal Telecom ad

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भाषा शास्त्री महानन्द सापकोटालाई सम्झना गरेको खबर छ । सापकोटाको १२६ औँ जन्मजयन्तीको सन्दर्भ पारेर शनिबार आयोजित अनेसास संवादको १०१औँ श्रृङ्खलामा सापकोटाप्रति श्रद्धाभाव व्यक्त गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रामबाबु सुवेदी र पारिवारिक सदस्य महेश प्रसाई, डा. संजीव सापकोटा, गीता सापकोटा, लुना सापकोटा, भक्ति सिटौलासहित विभिन्न वक्ताहरुले महानन्दको नेपाली भाषा र साहित्यप्रतिको योगदानको चर्चा गरे ।

अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, पूर्व अध्यक्षद्वय पदम विश्वकर्मा र मोहन सिटौला, अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा, अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, रमानाथ सापकोटा, प्रकाश पाण्डेलगायतले महानन्दको व्यक्तित्व, कृतित्व र महत्वमाथि चर्चा गर्नुका साथै कविता वाचन गरे ।

अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि मन्तव्य राखेका थिए ।

अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले विगत छ वर्षदेखि हरेक वर्ष महानन्द सापकोटा जयन्ती मनाउँदै आएको छ ।

-शब्दपथ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad