शिवप्रसाद जैशीम शिक्षित हो
पानीको बोत्तल राख्ने जाली झोला छिनालें साइडको मोवाइल चार्ज गर्न बनाइएको स्विच अनि मोवाइल गोजी भत्काएँ ।

हो, म शिक्षित हो
बाको इच्छा र श्रमले
अक्षर चिनें
कापी किताबका ठेलि किनें
रातदिन घोकें
उत्तर पुस्तिकामा उत्तर ठोकें
विश्वविद्यालयको प्रमाण पत्र बोकें
सार्वजनिक शौचालयभित्र
बाकै पसिनाले किनेको मोटर साइकलको साँचोले कोरें
भित्तमा नारी पुरूषका गोप्य अङ्गका नाम लेखें
सपिङ्ग कम्पलेक्सको लिफ्टमा हतारहतार
साँचोकै सहाराले
यता कोरें उता कोरें
उनी र मेरो नामको अंग्रेजी पहिलो अक्षर जोडें
किन कि म लेख्न सक्थें
जंगलतिर उनी र म घुम्न जाँदा
उनै शिक्षितको सल्लाहमा
चुच्चे ढुङ्गाले
ठूलो रूखको फेद कोपारें
दुईवटा एक आपसमा अपरिचित
उसको नाम जोड उनको नाम ठोकें
पानीको बोत्तल, गुठ्खा पान पराग
पिउँदै फ्याँक्दै चबाउँदै प्याच प्याच गरें
हाम्रो वायो ब्रेकबाट उत्सर्जित फोहर
उतै सार्वजनिक रूपमै विसर्जन गरें
किनकि म अनपढ थिएन
सार्वजनिक यातायातमा
आफ्नो सिटको अगाडि पनि भ्याइदिएँ
लेख्न उहीँ अघिकै
कहाँ कहाँ पो भ्याउँ एक्लोले जस्तो भयो
आजकाल शिक्षितको अभाव कहाँ छ ?
म नपुगेको ठाउँमा अरू शिक्षित कसो न पुग्लान्
कसो न लेख्लान्
आखिर तिनका बाले पनि लेख्न सिकाएकै छन्
के हामी अशिक्षि हौं र
लेखेर कहाँ धित मर्यो र
पटक पटक बोले सुन्ने गरी
के के
कसैका दिदीभाइ बाउछोरी थिए कि
भए मलाई बाल……
पानीको बोत्तल राख्ने जाली झोला छिनालें
साइडको मोवाइल चार्ज गर्न बनाइएको स्विच
अनि मोवाइल गोजी भत्काएँ
बालै फरर…
किन कि म पढे लेखेको
म निरक्षर हो र ?
अशिक्षितले कहाँ किनेको बोत्तलको पानी पिउँछ र
ऊ पाखेले जहाँ पायो त्यहि घटक घटक पिउँ छ
ऊ कहाँ किनेको सूर्ति पावस्
खोस्टा फ्याँकोस्
ऊ त आफ्नै बारीमा रोपेको भिडे र सहलियाको
पात माडेर सुर्ति फाँकोको रस लिन्छ
उसको रात्रिकालिन बस चढ्ने औकात खै
कहाँ चढोस् लिफ्ट
अवसर पाइहाले म विना चढ्न सक्छ ?
हो, म बिल्कुल शिक्षित हो
मैले सकेजति सभ्यताको
पदचिह्न छोडेकै छु
बाँकि बालै… !
कैलाली, हाल काठमाडौं.
Subscribe
Login
0 Comments
Oldest






































